एन्सेलले अब मात्रै २१ अर्ब १० करोड रुपैयाँ कर सरकारलाई तिरे पुग्ने – सर्वोच्च

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले अब २१ अर्ब १० करोड रुपैयाँ मात्रै पुँजीगत लाभकर तिरे पुग्ने भएको छ । यसअघि ठूला करदाता कार्यालयले ३९ अर्ब ६ करोड रुपैयाँ कर तिर्न भनेको थियो । एनसेलको शेयर स्वामित्व खरिद विक्री भएबापत एनसेलले तिर्नुपर्ने करमा ठूला करदाता कार्यालयले त्रुटि गरेको भन्दै सर्वोच्चले १७ अर्ब ९५ करोड रुपैयाँ कम गरी २१ अर्ब १० करोड रुपैयाँ मात्रै तिर्नुपर्ने फैसलाको पूर्णपाठ सार्वजनिक गरेको हो ।

गएको वैशाखमा ठूला करदाता कार्यालयले एनसेलले ६२ अर्ब ६३ करोड रुपैयाँ कर तिर्नुपर्ने जनाएको थियो । त्यसमध्ये २३ अर्ब ५७ करोड ४२ लाख तिरेको र ३९ अर्ब ६ करोड तिर्न बाँकी रहेको ठूला करदाता कार्यालयले जनाएको थियो । तर त्यो निर्णयविरुद्ध एनसेल सर्वोच्चमा गएको थियो ।

न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मालता माथेमा र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले ठूला करदाता कार्यालयले १७ अर्ब ९५ करोड रुपैयाँ बढी कर निर्धारण गरेको निष्कर्षसहितको फैसला गरेको हो । ठूला करदाता कार्यालयले केही शुल्क निर्धारणमा त्रुटि गरेको सर्वोच्चको फैसलाको पूर्णपाठमा उल्लेख छ ।

यो पनि पढ्नुहोश! – बलीका लागि प्रसिद्ध बाराको गढीमाई मेला आइतबारदेखि सुरु भएको छ। प्रत्येक पाँच वर्षमा एकपटक महागढीमाई – १ स्थित बरियारपुरमा रहेको लाग्ने गढीमाई मेलामा लाखौं भक्तजनको भीड लाग्ने गरेको छ। मेला मंसिर महिनाभरी चल्नेछ । लामो समय राजनीतिक वि’वादमा फसेको गढीमाई मेलाका लागि केही दिन अगाडि मात्रै समिति गठन भएको थियो।

मेलाका लागि ७२ सदस्यीय मूल व्यवस्थापन समिति र १४ वटा उपसमिति बनाइएको छ। लाखौंको संख्यामा आउने भक्तजनको व्यवस्थापन मेला समिति र सुरक्षाकर्मीका लागी मुख्य चुनौती बन्ने गरेको छ। मंसिरको दोस्रो सातादेखि मेलामा भीड बढ्नेछ।

मेला समितिले मंसिर १७ र १८ गते पशु ब’लीको तयारी गरेको छ। पशुब’लीको समय नजिकिएपछि मेलामा भक्तजनको भीड बढ्ने गर्दछ। बलीको समयमा दसौं लाख भक्तजनले गढीमाईको दर्शन गर्ने अपेक्षा गरिएको छ।

मेला व्यवस्थापन मूल समितिका महासचिव मोतिलाल कुशवाहाले पशुब’लीको समयमा भक्तजनको धेरै भीड लाग्ने हुँदा त्यसै अनुसारको तयारी भइरहेको जानकारी दिए। ‘मेला सुरु भएपछि भक्तजनको संख्या बढ्दै जाने गरेको छ।हामी अझै पनि तयारीमै छौँ’ कुशवाहाले भने ‘अघिल्लो मेलाभन्दा थप व्यवस्थित बनाउने तयारीमा जुटिरहेका छौ ।’ एक महिने मेलामा ७० लाखभन्दा बढी भक्तजनले मन्दिरको दर्शन गर्ने कुशवाहाको अनुमान छ।

प्रकाशित मिति November 21, 2019
Loading...