हामी सातु खाएर सीमा रक्षा गर्न तयार छौँ

पालको भूमिसमेत समावेश गरेर भारतले नयाँ नक्सा जारी गरेको विरोधमा राष्ट्रिय जनमुक्ति पार्टीले सातु खाएर सीमा सुरक्षा गर्न तयार रहेको बताएको छ । जनमुक्ति पार्टीले साेमबार बुटवलमा जुलुस तथा खबरदारी सभाको आयोजना गर्दै यस्तो बताएको हो । जनमुक्ति पार्टीको ५ नम्बर प्रदेश परिचालन समितिको आयोजनामा भएको जुलुसका क्रममा पार्टीका महासचिव केशव सूर्यवंशी मगरले आफूहरु मकै र सातु खाएर नेपाली सिमाना रक्षा गर्न तयार रहेको बताएका हुन् । यो समाचार गोरखापत्रमा छ ।

यो पनि समाचार पर्यटक भिसामा विदेश जानेहरूले अब अध्यागमन विभागले मागेअनुसारका कागजात पूरा गर्नु पर्ने भएको छ। गृहमन्त्री रामबहादुर थापाले अध्यागमन कार्यविधिलाई थप वस्तुनिष्ठ बनाउन पर्यटक भिसामा कागजात अनिवार्य गरेका हुन्।कात्तिक २६ गते भएको मन्त्रीस्तरीय निर्णयपछि अब पर्यटक भिसामा विदेश घुम्न जानेलाई केही कागजात अनिवार्य चाहिने छ

अन्यथा अध्यागमन विभागले फर्काइदिने छ। प्रस्थान अनुमति पाउनका लागि अनुमति दिन गृह मन्त्रालयले समयसापेक्ष नियम अद्यावधिक गरेको अध्यागमन विभागले जनाएको छ। अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलका अनुसार भिजिट भिसामा हुने विचौलियाको संलग्नता अन्त्यका लागि यसले मद्दत पुर्‍याउने विश्वास छ।

अमेरिका, क्यानडा, युरोपियन मुलुक, अस्ट्रेलिया, जापान र दक्षिण कोरिया जानका लागि पासपोर्ट, भिसा, दुईतर्फी टिकट, अन्तिम गन्तव्यसम्मको बोर्डिङ पास, स्पोन्सर लेटर तथा एक हजार अमेरिकी डलर र होटल बुकिङ देखाउनु पर्नेछ। अध्यागमन विभागले माग्ने कागजात पूरा गर्नका लागि बिचौलियाको सहारा लिनुपर्ने बाध्यता यदाकदा थियो, अब यति कागजात देखाएपछि कसैलाई रोकिँदैन,पौडेलले सेतोपाटीसँग भने।

प्रकाशित मिति November 20, 2019
Loading...