भर्खरै कैलालीबाट एउटा त्रासपूर्ण खबर बाहिरियाे, किड्नी चोरले एकैदिन यी ५ बच्चा गायब, जनचेतना लागि सक्दो शेयर गरौँ

अत्तरिया, कैलालीको गोदावरी नगरपालिका ३ मालाखेतिबाट हराएका ५ बालक ७ दिन वितिसक्दा पनि फेला परेका छैनन् । कार्तिक २६ गते साँझ हराएका ५ बालक ७ दिन बितिसक्दा पनि फेला नपरेपछि आफन्त चिन्तित बनेका छन ।हराउने बालकहरुमा गोदावरी नगरपालिका ३ मालाखेती मुक्तीनगर सिविरका १२ बर्षिय समिर चौधरी, १२ बर्षिय डम्मर चौधरी गोदावरी नगरपालिका १० डमौराका १३ बर्षिय जिवन चौधरी, १३ बर्षिय राजु तम्राकार र १४ बर्षिय आयुस तम्राकार रहेको हराएका बालकहरुको आफन्तले बताएका छन ।

हराएका बालक गोदावरी नगरपालीकाको फरक फरक वडाका भएपनि गाउँ भने नजिकै भएकाले पाँचौ जना बालक अधिकान्स समय संगै हुने गरेको समिर चौधरीकी हजुरआमा सिरपटी चौधरीले बताईन । उनले पाँचौ जना एकै दिन एकै समयमा हराएको बताईन ।उनले गाउँकै मुक्ति आधारभुत विद्यालयमा अद्ययन गर्ने नाती स्कुलबाट साँझ सम्म पनि घर नआएपछि खोजी गर्दा पाँचौ जना बालक हराएको थाहा पाएको बताईन । ‘धरै दिन भयो केहिपत्तो लागेको छैन । गाउँमा किड्नी चोरहरुले पनि बच्चा लग्ने गरेको हल्ला छ । हामी निकै चिन्तीत छै । सिरपटी चोधरीले भनीन् ।

सोही बिद्यालयमा अ*ध्ययन गर्ने डम्मर चौधरीकी आमा शान्ती चौधरीले छोराको खोजी*का लागि आफूले चिनेको सबै ठाउँमा खवर गरेको भएपनि कतै पनि फेला नपरेको बताईन । उनले छोरा कतै भागेर गयो भन्नका लागि पनि छोरा संग पै*सा पनि नभएको बताईन् ।जिवन चौधरीकी दिदि विमला चौधरीले ग्वासी उच्च माद्यमिक विद्यालयमा ६ कक्षामा पढ्ने भाई सो दिन विद्यालय नै नगएको बताईन । उनले भनीन् दिनभरी भाई घरमै थियो साँझ एक्कासी कता गयो थाहै पाएनै । पछि बुझ्दै जाँदा भाई संगै हि*ड्ने अन्य चार जना पनि हराएको थाहा पायौ ।

उनले आफूहरुले आफन्त भएको सबै ठाउँमा बुझिसकेको भएपनि कतै फेला नपरेको बताईन । उनले हराईका पाँचौ जनाको बारेमा माईती नेपाल कन्चपुर र ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरियामा पनि खबर गरिसकेको बताईन । उनले हराएका राजु ताम्राकार र आयु*स ताम्राकार भने बिद्यालय नजाने गरेको र उनका आफन्तले खोजी गर्नका लागि पनि चासो नदिएको बताईन ।

ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी ज्ञान बहादुर बिष्टले ३ जना बालकहरु हराएको भन्ने बारेमा २९ गते नै जानकारी आएको भएपनि अन्य २ जनाको बारेमा भने परिवारका आफन्तले जानकारी नदिएको बताए ।हराएका ३ जनाको बारेमा परिवारका आफन्तले प्रहरी कार्यालयमा निवेदन दिएकै दि*नदेखि खोजी कार्य सुरु गरेका छै ।उनीसंगै हराएका भनिएका बाँकी २ बालक पहिले पनि भारत आउ*ने जाने गरेको बुझिएको छ ।डिएसपी बिष्टले भने घटनाको बारेमा थप बुझ्नका लागि सोमबार पनि प्रहरी हराएका बालकहरुकोे गाउँमा पठाएका छै ।उनले प्रहरी फर्केपछि बालक हराएका बारेमा थप जानकारी बाहिर आउने बताए । गाेदावरी न्यूज बाट साभार

प्रकाशित मिति November 20, 2019
Loading...