पत्रकार सुशील पाण्डेलाई पाँच प्रश्न?

काठमाडौं, ३० वैशाख: उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव एभिन्युज टेलिभिजनको एक अन्तर्वार्ताबाट बाहिरिएपछि सामाजिक सञ्जालमा उक्त घटनाको चर्को बहस भएको छ।

अध्यक्ष यादवसँग एभिन्युज टेलिभिजनले लिएको अन्तर्वार्ता आइतबार प्रसारण भएको थियो। उक्त अन्तर्वार्तामा प्रस्तोतासँग भनाभन भएपछि यादव माइक निकालेर बीचैमा कार्यक्रम छोडेर बाहिर निस्किएका थिए। उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।

पत्रकार सुशील पाण्डेले उक्त कार्यक्रम सञ्चालन गर्दा केहि प्रश्न अनि अभिव्यक्तिका कुरामा दुबैको मतान्तर भएपछि उपेन्द्र यादव माइक छाडेर निस्केका देखिन्छन्। मुख्यतया उपेन्द्रको पार्टीको नयाँ शक्तिसंगको एकात्मकता अनि अहिले सरकारमा भएका नाताले भ्रष्टाचार प्रकरणलाई लिएर सोधिएका केहि विषणगत र ठाडा प्रश्नबाट वहालवाला मन्त्री असन्तुष्ट भई निस्केका देखिन्छ।

पत्रकार महोदयको अति असभ्य र गैरजिम्मेवारी पूर्ण प्रश्न भनेंर पनि आलोचना भइरहेको छ।यस्तै सामाजिक सञ्जालमा विश्व दर्शन पराजुलीले पत्रकार पाण्डेयलाई पाँच प्रश्न गरेका छन्। यस्ता छन् उनको पाँच प्रश्न :

१. पत्रकारिता पढ्यौ या पढेनौ ? कि फेल भयौ वा चोरेर पास भयौ ?

२. पत्रकारको ईथिक्स र एउटा ईन्टरभ्युअरको शैली कस्तो हुनुपर्छ भन्ने ज्ञान कसैले दिएनन् ?

३. के उपेन्द्र यादव लाई जसरि व्यवहार एउटा पहाडी नेता (उपप्रधानमन्त्रि ईश्वर पोखरेल) लाई गर्न सक्छौ ?

४. सामाजिक संजालदेखि चिया पसल संजालसम्म आएका तिमि विरुद्दका नकारात्मक कमेन्टलाई शिरोपर्य गरेर माफी माग्ने वा पत्रकारिता छोड्ने नैतिकता तिमीसँग छ ?

५. तिमीलाई त्यति धेरै घमण्ड रहेछ एउटा मिडियाकर्मी भएकोमा (अझ शिष्ट रे) यति धेरै स्वघोषित मर्यादित र व्यवस्थित मिडिया अव्यस्थित र अमर्यादित मिडियाका लागि ल्याइएको मिडिया विधेयकसँग किन तर्सिन्छौ ?

प्रकाशित मिति May 13, 2019
Loading...