नेपालको सीमा सुरक्षाको जिम्मा सेनालाई दिनुपर्छ भन्ने जतिले सेयर गरौ !

भारतले हालैमात्र आफ्नो देशको नयाँ नक्सा सार्वजनिक गरेको छ । जसमा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश छन् ।नेपालको भूमिलाई आफ्नो नक्सामा राखेपछि यसको नेपालका सत्तारुढ, विपक्षी, अन्य राजनीतिक दल र विभिन्न समूहबाट विरोध भइराखेको छ । सरकारले कालापानी नेपालकै भूभी भएको भन्दै भारत सरकारले हालै प्रकाशित गरेको नयाँ नक्साकाप्रति आपत्ति जनाइसकेको छ । भारतको नयाँ नक्सालाई लिएर नेपालमा व्यापक विरोध चर्किएपछि बिहीबार भारतले नक्साबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । नेपालसँगको सीमा परिमार्जन नगरेको भारतको दाबी छ । नक्सामा नेपाली भूमि नसमेटिएको उसको भनाइ छ ।

भारतले आफ्नो स्पष्टिकरणमा सीमा विवादमा दुई देशको संयन्त्रमार्फत समाधान गर्न सक्ने बताएको छ । तर भारतको यस्तो स्पष्टिकरण प्रतिवाद मात्र भएको पूर्वनेपाली राजदूत हिरण्यलाल श्रेष्ठ बताउँछन् ।कालापानीको सीमा विवाद बोरे भारतको स्पष्टिकरण झन् खतरनाक छ, श्रेष्ठ भन्छन्, ‘भारतको यस्तो जवाफ कालापानी पहिले पनि आफ्नै रहेको र अहिले पनि आफ्नै भएको अडान लिनु हो ।’यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

चीन र भारतको प्रतिस्पर्धा र प्रतिद्वन्द्वमा कालापानीको भूराजनीतिक र रणनीतिक महत्व छ । नेपालका लागि कालापानी राष्ट्रिय सीमाको अतिक्रमण हो । सरकारको पहिलो प्राथमिकता आफ्नो क्षेत्रीय अखण्डतालाई जोगाउनु हो । यसका लागि सीमा अतिक्रमण रोक्नै पर्छ । तर यो काममा नेपाल सरकार कमजोर देखिन्छ। विवादित स्थानमा भारतीय सेनाले अड्डा जमाएर बसेका छन् । नेपालले ती सेनालाई आफ्नो सीमाबाट फर्काउन सकेको छैन । श्रेष्ठ भन्छन्,सेना फर्काउन नसकेकै कारण भारतीय सेनाकोकब्जामा रहेको कालापानी अहिले भारतकै नक्सामा गाभ्ने दुस्प्रयास भयो ।

सुगौली सन्धिपछि नेपाल भारतबीच कुनै पनि सीमा सम्झौता भएका छैनन् । सुगौली सन्धिले नेपाल भारतको सीमा निर्धारण भएको हो । त्यसमा काली नदीको पश्चिम भारत, कालीको पूर्वनेपाल भनिएको छ ।सन्धिमा नदीलाई दुई देशको सीमा मानिएको छ । नदीलाई सीमा निर्धारण गरिनुनै नेपालको भूमि मिच्ने प्रयास हो’, हिरण्यलाल श्रेष्ठ भन्छन्।कास्मीर विवाद सिन्धुनदीको पानीको स्रोतलाई कब्जा गर्न थियो । यता नेपालमा महाकाली नदीको स्रोतलाई कब्जा गर्न सीमालाई पूर्वतिर सारिएको छ । यतिबेला देशमा कालापानीको विवादमा सबै पार्टीगत दलको मत एउटै हुनु सकारात्मक भएको बताउँदै श्रेष्ठ भन्छन्,अब सीमा विवाद सुल्झाउने नेपालले दुई पक्षीय वार्ता गर्नुपर्छ ।

भारतले नयाँ नक्सा निकालेपछि चर्किएको विवादमा छलफल गर्न प्रधानमन्त्रीले शुक्रबार साँझ सर्वदलीय बैठक बोलाएका छन् । अब नेपाल भारतबीच दुई पक्षीय वार्तापनि हुनु पर्ने त्यसपछि सीमाबाट भारतीय सेना फर्काउनु पर्ने श्रेष्ठको भनाइ छ । सीमानाको काम भारतले सेनालाई दिएको छ । तर नेपालले घरजग्गा नाप्ने नापी विभागलाई दिएको छ । जुन असुहाउँदो छ उनी भन्छन्,नेपालको तर्फबाट पनि सीमाको जिम्मा सेनालाई दिनुपर्छ ।नेपाल र भारतको सीमा सुरक्षामा तालमेल नमिलेकाले नै यहाँको राजनीतिक अस्थिरताको मौका छोपेर भारतले नेपालको सीमा मिच्दै आएको उनको भनाइ छ । (सीमानाको काम भारतले सेनालाई दिएको छ । तर नेपालले घरजग्गा नाप्ने नापी विभागलाई दिएको छ । जुन असुहाउँदो छ, नेपालको तर्फबाट पनि सीमाको जिम्मा सेनालाई दिनुपर्छ ।

प्रकाशित मिति November 11, 2019
Loading...