कार्तिक २६ गते मंगलबारको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
अर्थ लाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । सामाजिक प्रतिष्ठा पनि बढ्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी र आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
पढाइलेखाइमा ध्यान दिन नसकिएला । साथै, रुपैया पैसाको पनि नाश हुने दिन छ विचार गर्नुहोला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
नोकरी तथा राजनितीमा मान सम्मान पाउने योग छ । अरुको मन जित्न सकिने छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सामाजिक यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
व्यापारमा मनग्ये धनलाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग गर्लान तर आफन्तको सहयोग चाहि नपाइएला ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
कृषि, पशुपालन र सानातिना घरायसी काममा समय खर्च हुनेछ, यात्रामा सावधान रहनु होला ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
काममा समस्याको सामाना गर्नु पर्ला गलत लेनदेनमा समस्या आउन सक्ने छ, जागीरमा सम्मान पाइनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
मनमा हौसला बढनेछ । पराक्रम बढनुको साथै अधुराकाम बन्ने छ । त्यस्तै, मन हर्षित भएर आउनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
सामान्यतया लाभ हुने नै दिन छ । तर, कृषिजन्य पेसा वा व्यवसायबाट सोचेजस्तो लाभ लिन सकिंदैन ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
खर्च बढने, गलत विचार बढ्ने, विबाद बढ्ने र काममा अवरोध आउनाले धनको नाश हुन सक्छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
अधुरा कामहरु बन्ने, अरुको विश्वास आफुतिर रहने, आफन्तहरुको उचित सहयोग मिल्ने छ ।

प्रकाशित मिति November 11, 2019
Loading...