नेता खनालले दिए सीमा विवाद टुंग्याउने आइडिया भने– बेला यही हो

काठमाडौं, कात्तिक २५ – नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले भारतले मिचेको जमिन नेपालको हो भन्ने बलिया प्रमाण नेपालसंग रहेको बताएका छन् । उनले लिम्पियाधुराबाट आएको काली नदी नै नेपाल र भारतको सीमाना भएको बताए । गोरखापत्रमा खबर छ ।

सुगौली सन्धीले काली नदीलाई स्पष्ट रुपम सीमना किटान गरेको चर्चा गर्देै उनले लिम्पियाधुरा नै काली नदीको मूलप्रवाह भएको स्पष्ट पारे ।
उनले अब नदीका विषयमा विवाद देखिए ‘हाइड्रोलोजी’ (जलबायू विज्ञान) अध्ययनमार्फत पनि किनारा लगाउने सकिने बताए । उनले कालापानी समस्या समाधानका लागि सरकारले पहिलो चरणमा ‘पोजिसन पेपर’ तयार पार्नुपर्ने बताए ।

छिमेकी देशहरुसंग सीमा विवादमा समाधान खोज्ने यो उपयुक्त समय भएको भन्दै नेता खनालले सीमानालाई अन्तर्राष्ट्रिय अभिसन्धी र कानूअनुसार बनाइनुपर्नेमा जोड दिए । दशगजा भनेको ‘नो मेन्सल्यान्ड’ भएको भन्दै उने यसकोे दुरुपयोग कसैले गर्न नपाउने बताए ।

 

प्रकाशित मिति November 11, 2019
Loading...