अचानक ओलीले गरे यस्तो अचम्मको निर्णय !

काठमाडौं -: प्रधानमन्त्री केपी ओलीले सल्लाहकारलाई राजीनामा दिन निर्देशन दिएका छन्। नयाँ ढंगले काम गर्न सजिलो होस् भनेर प्रधानमन्त्री ओलीले सल्लाहकारलाई राजीनामा दिन २०७४ फागुन ३ गते प्रधानमन्त्री बनेका ओलीले राजनीति, विदेश मामला, प्रेस, प्रविधि, जनसम्पर्कलगायत विषयमा सल्लाहकार नियुक्त गरेका छन्। उनै सल्लाहकारसँग शुक्रबार बालुवाटारमा छलफलमा बसेका प्रधानमन्त्री ओलीले राजीनामा दिन निर्देशन दिएका हुन्।

प्रधानमन्त्री ओलीले नयाँ ढंगले काम गर्नका लागि राजीनामा दिएर बाटो सहज पार्न सबै सल्लाहकारलाई यस्तो निर्देशन दिएको स्रोतको दाबी छ। ‘आवश्यक परे फेरि बोलाउनेगरी प्रधानमन्त्रीले राजीनामा दिन निर्देशन दिनुभएको छ’, स्रोतले भन्यो।

प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल हुन। उनको कार्यशैलीप्रति नेकपा शीर्ष नेतासमेत असन्तुष्ट छन्। नुवाकोट चारघरे स्थायी घर भएका रिमाल नेकपाको स्थाअचानक प्रधानमन्त्री ओलीले गरे यस्तो अचम्मको निर्णय ! कार्यकर्ता चकित  समिति सदस्य हुन्। नेपाल ट्रेड युनियन महासंघ (जीफन्ट) मा लामो समय नेतृत्व गरेका रिमालले प्रधानमन्त्रीको मुख्य सल्लाहकार भएपछि त्यो पद छाडेका छन्।

तत्कालीन एमाले पोलिटब्यूरो सदस्य रिमाल पार्टी एकतापछि स्थायी समिति सदस्य भएका छन्। दोस्रो संविधानसभामा उनी समानुपातिक सांसद बनाइएका थिए। ओली पहिलो पटक प्रधानमन्त्री हुँदा पनि उनी प्रमुख सल्लाहकार थिए।सँगै प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार हुन् राजन भट्टराई। भट्टराई काठमाडौं ४ बाट तत्कालीन नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्। उनी गगन थापासँग तीन हजार बढी मतले पराजित भएका थिए्।

२०२५ सालमा जन्मिएका भट्टराईले इन्टरनेसनल डिप्लोम्याटिक प्राटिसमा स्नातकोत्तर गरेका हुन्। भट्टराईले भारतको जवारलाल नेहरु विश्वविद्यालयबाट भारत र चीन सम्बन्धमा नेपालको बदलिँदो सुरक्षा दृष्टिकोणमा विद्यावारिधि गरेका हुन्।२०३८ सालदेखि वाम विद्यार्थी आन्दोलनमा सक्रिय रहेका भट्टराई २०५३ सालदेखि २०५८ सम्म एमाले विदेश विभागको जिम्मेवारीमा थिए। २०६० मा एमाले विदेश विभाग सचिव भएका भट्टराई तत्कालीन एमालेको नवौँ महाधिवेशनबाट केन्द्रीय सदस्य भएका थिए। पार्टी एकतापछि उनले नेकपामा केन्द्रीय सदस्यको जिम्मेवारी पाएका छन्।

सल्लाहकारलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्याल हुन्। उनी आमसञ्चार तथा पत्रकारीता केन्द्रीय विभागका प्राध्यापकसमेत हुन्। ओलीका प्रविधि सल्लाहकार हुन् अस्गर अली। अली नेपालमा अनलाइन भुक्तानी सेवाको सुरुवातकर्ता हुन्। उनी ई–सेवा भुक्तानीका सञ्चालक हुन्।त्यसैगरी प्रधामन्त्रीका जनसम्पर्क सल्लाहकार अच्युत मैनाली हुन् भने स्वकीय सचिव इन्द्र भण्डारी हुन्। सँगै प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, प्रेस विज्ञ चेतन अधिकारी, रामशरण बजगाईं छन्।

प्रधानमन्त्री ओलीले मुख्य सल्लाहकार रिमाल, विदेश मामला सल्लाहकार भट्टराई, प्रेस सल्लाहकार अर्याल, प्रविधि सल्लाहकार अली, प्रमुख स्वकीय सचिव बज्राचार्य, प्रेस विज्ञ अधिकारी र बजगाईसहितलाई राजीनामा दिन निर्देशन दिएको स्रोतको भनाइ छ।निर्देशन सुनेका एक सल्लाहकारले प्रधानमन्त्रीको सजिलोका लागि सबैले राजीनामा दिने विषयमा कुरा भएको बताए। प्रधानमन्त्रीले नयाँ जोश र जागरका साथ अगाडि बढ्न खोज्नु भएको छ’, स्रोतले भन्यो,त्यसै सन्दर्भमा उहाँको सजिलोका लागि सबैले राजीनामा गर्ने कुरा भएको छ।शुक्रबार निर्देशन दिएको स्रोतको दाबी छ।

 

प्रकाशित मिति November 9, 2019
Loading...