भारतीय दूतावास पुगेर नेविसंघले जलाए भारतको विवादित नक्सा सेयर गरेर इंडिया पुराउ

काठमाडौं- : काठमाडौंस्थित भारतीय दूतावास लैनचौर र चाबहीलमा नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् ।भारतले गत शनिबार सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक लिम्पियाधुरालाई आफ्नो भूभागमा परेको भन्दै नेविसंघले भारतीय दूतावास नजिकै विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा उनीहरुले भारतले सार्वजनिक गरेको विवादित नक्सा जलाएका छन् । यता भारतको विरोधमा नेविसंघका विद्यार्थीहरुले आज बिहान चाबहिलमा विरोध जुलुस समेत निकालेका थिए ।अतिक्रमित सम्पूर्ण नेपाली भूमी फिर्ता गर, भारतले सिमा मिच्ने केपी सकारकार टुलुटुलु हेर्ने’ लेखिएको प्लेकार्ड बोकेका उनीहरुले भारतले सार्वजनिक गरेको नक्सा जलाएका हुन् ।

नेपाल सरकार र राजनीतिक दलका नेताहरुले समेत लिपुलेक नेपालकै भूमि भन्दै भारतको विवादित नक्सा सच्याउन भारत सरकारसँग माग गर्दै आएका छन् । तर, भारतले भने नेपालको भूमी आफ्नो नक्सामा भएको र सार्वजनिक नक्सा सही भएको दाबी गर्दै आएको छ ।नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्तामा हस्तक्षेप गरेको भन्दै केही दिनयता नेपालभर भारतको विरोध हुँदै आएको छ ।

प्रकाशित मिति November 8, 2019
Loading...