कालापानी लिपुलेक हाम्रो हो,हाम्रो हो आफ्नै बनाउछौ – जनार्दन शर्मा भिडियो

काठमाडौं -:  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य जनार्दन शर्माले कालापानी लिपुलेक नेपालको भएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा बुधबार साँझ आफ्नो भनाई सार्बजनिक गरेका हुन् ।नेपालको कालापानी लिपुलेक भारतले आफ्नो नयाँ नक्शामा राखेर सार्बजनिक गरेसंगै नेपाल र भारतबीच सीमा विवाद चुलिएको हो । भारतीय दादागिरीको सर्बत्र बिरोध भईरहेको बेला नेता शर्माले पनि भारतीय पक्षलाई चुनौती दिदै कालापानी लिपुलेक नेपालकै भएको बताएका हुन् ।

पृथ्वीनारायण शाहले नेपाललाई वि.सं. १८२६ मंसिर १ गते एकीकरण गरेपछि नेपाल–भारत बीचको सीमा विवाद शुुरु भएको मानिन्छ । सन् १८१६ मार्च ४ मा दुई देशबीच सुगौली सन्धि भएपछि नेपालले आफ्नो भूमि गुमाएको छ ।सुगौली सन्धिपछि नेपालले मेची नदीदेखि टिष्टासम्म, महाकाली नदीदेखि सतलज र तराई क्षेत्रसमेत गुमायो । त्यतिबेला नेपाल तराईविहीन थियो । सन् १८१६ डिसेम्बर ११ मा नेपालले पूर्वी तराईको राप्ती–कोशी क्षेत्र फिर्ता पायो भने १८६० नेभेम्बर १५ मा पश्चिम तराइको बाँके, बर्दिया, कैलाली, कञ्चनपुर फिर्ता पाएको थियो ।

प्राकृतिक स्रोत साधान तथा यहाँको मौसमका कारण भारतले नेपाली भूूमिमा आँखा लगाइरहेको छ । अहिले पनि नेपालको भारतसँग सीमा जोडिएको २६ जिल्लामध्ये २३ जिल्लाका ७१ ठाउँमा सीमा अतिक्रमण भएको र ६० हजार ६६२ हेक्टर नेपाली भूमि अतिक्रमणमा परेको सीमाविद् बुद्धिनारायण श्रेष्ठको भनाइ छ ।भारतीय प्रधानमन्त्री, मन्त्री वा राजनीतिक दलका प्रतिनिधि नेपाल आउँदा नेपालसँगको सीमा विवाद समाधान गर्न पहल गर्ने प्रतिवद्धता जनाउँछन् । तर, नयाँ दिल्ली पुुगेपछि उनीहरु कानमा तेल हालेर बस्ने गरेका छन् । धेरै पटक सीमा विवाद मिलाउने पहल भए पनि अहिलेसम्म ठोस प्रगति हुन सकेको छैन ।

प्रकाशित मिति November 7, 2019
Loading...