आज बिहिवार तपाईको राशिफल हेर्दै पाथिभराको दर्सन गरौ !

आज कात्तिक २१ गते बिहीबार प्रकाशित राशिफल !
मेष : सरकारी कामकाजले तनावै~तनाव झेल्नु पर्ने छ । स्वास्थ्यमा गडबढी आउने छ । प्रेममा धोका मिल्ने योग छ ।

वृष : समय मध्यम छ । अरूको सेवामा मन जाने छ । रोकिएका काम पूरा हुने छन् । पढाईमा औसत सफलता हासिल हुनेछ ।

मिथुन : प्रेममा वियोग हुने योग छ । दिन सोचेजस्तो राम्रो हुने छैन । आफ्नै प्रेमी वा प्रेमिकाका कारण मानप्रतिष्ठामा आँच आउने छ ! विवाद बढ्ने छ ।

कर्कट : धन आर्जन हुनसक्छ । तर परिश्रम पनि त्यतिकै गर्नुपर्ने छ । काम सफल भएपनि दिनभर व्यस्तता रहने छ ।

सिंह : लगानी तथा व्यापार–व्यवसाय थाल्ने योग छ। यात्रा सफल हुने छ । मन प्रसन्न रहला । शुभकार्यको थालनी होला ।

कन्या : परिवारमा मेलमिलाप हुने छ । कार्य्सिद्धिको योग छ । दिन राम्रो छ । स्वास्थ्यमा सुधार आउने छ ।

तुला : साथीले घात गर्ने छन्। दिन अनावश्यक झमेलामा बित्ने छ । दिन खराब छ । प्रेमीबाटै धोका पाइने छ ।

वृश्चिक : पैसा खर्च हुने छ । तनाव बढ्ने छ । साँझपख मात्रै केही राम्रो हुनेछ । माया प्रेमको विषयबाट टाढा रहनुहोला । दिन राम्रो छैन ।

धनु : झै~झगडाको योग छ । मन पराएको वा विश्वास गरेकै मानिसबाट धोका पाउने योग छ । मिल्ने साथीभाइ र प्रेमीप्रेमिकाबीच मनमुटाव हुने छ ।

मकर : दिनभरि अनावश्यक चिन्ताले सताउने छ। परिवारमा अविश्वास बढ्ने छ । धर्मको गरेपनि अपजस मिल्ने छ ।

कुम्भ : मध्यान्हपछि केही राम्रो छ । तर दिन सधैँजस्तो छैन। पूरानो गल्तीले मनमा खिन्नता छाउने छ ।

मीन : अध्ययन अध्यापनमा सोचेभन्दा राम्रो सफलता हासिल हुने छ । दिन अत्यन्तै राम्रो छ । सम्पति आर्जन हुनेछ ।

प्रकाशित मिति November 7, 2019
Loading...