भारतले नयाँ नक्सामा कालापानी भारततिर पार्यो , प्रधानमन्त्रीको ध्यान जाओस् : कमल थापा

काठमाडौं -:  राप्रपाका अध्यक्ष कमल थापाले हालै भारतले सार्वजनिक गरेको नक्सामा नेपालको कालापानीलगायतका क्षेत्र भारतमा परेको देखिएकोले त्यसमा सशक्त प्रतिवाद गर्न सरकारलाई आग्रह गरेका छन् ।उनले आज बिहान ट्विट गर्दै भनेका छन्,‘‘कालापानी, लिपुलेक नेपालको अविभाज्य भूमि हो । भारतले सो भूभाग अनधिकृतरुपमा कब्जा गरेकोमा नेपालले निरन्तर विरोध गर्दै आएको छ । हालै भारत सरकारले जारी गरेको नयाँ नक्सामा उक्त भूभाग भारतमा पारेको देखिन्छ । यो आपत्तिजनक र अस्वीकार्य कार्यको तत्काल सशक्त प्रतिवाद गर्न नेपालका प्रधानमन्त्रीको ध्यान जाओस् ।

१२ वर्ष अघि भएको संविधानसभा निर्वाचनका क्रममा ब म वि स्फो ट गराएर मान्छे मारेको अभियोग लागेका कांग्रेस सासंद महम्मद अफताब आलमको बयान आज सकिएन।मंगलबार दिउँसो रौतहट जिल्ला अदालतमा मंगलबार १ बजेदेखि सुरू भएको बयान कार्यालय समयसम्म नसकिएपछि भोलिलाई सरेको छ।आलमलाई बुधबार बिहान १० बजे उपस्थित गराउने गरी उनलाई सुरक्षाकर्मीको जिम्मा लगाइएको जिल्ला अदालत रौतहटका स्रेस्तेदार गुणराज पराजुलीले बताए।बयान सकिएपछि उनलाई थुनामै राखेर मुद्दाको सुनुवाइ अघि बढाउने कि थुनामुक्त गर्ने भन्ने विषयमा थुनछेक बहस सुरू हुने छ।ब म विस्फो टमा परेर घाइते भएकाहरुलाई प्रमाण समेत नष्ट हुने गरी जिउँदै इट्टाभट्टामा हालेर जलाएको अभियोग लगाएर सरकारी वकिल कार्यालयले सोमबार उनी विरूद्ध जिल्ला अदालत रौतहटमा मुद्दा दायर गरेको थियो।

निर्मम तरिकाले हत्या गरेको अभियोगमा आलमसहित उनका भाइ महमद महताब आलम , मोहम्मद मोबिन आलम, शेख भदई, शेख सेराज भन्ने शेष सराज, शेख फजलेहक, सगिर आलम, शेख जुमईन भन्ने शेख मलकार, गौरीशंकर साह, बद्रि सहनी र मुक्ति साह छन्। आलम पक्राउ परेपनि अरू सबै फरार छन्।उनीहरूका नाममा पक्राउ वारेण्ट जारी गर्न माग गरिएको छ।विस्फो टक पदार्थमा २ वर्षसम्म कैद र २० हजार जरिवाना, ज्यान मार्ने कसूरमा जन्मकैद (बीस वर्ष) र ज्यान मार्ने उद्योगमा दस वर्षसम्म कैद र एक लाख रुपैयाँ जरिवाना माग गरी अभियोग पत्र दायर गरिएको छ।

प्रकाशित मिति November 5, 2019
Loading...