सुकुटे बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या १० पुग्याे, अझै बढ्न सक्ने प्रहरीकाे भनाइ (अपडेट)

काठमाडाैं -:  दोलखाको मागेदेउरालीबाट काठमाडौँ आइरहेको बस सिन्धुपाल्चाेककाे सुकुटेमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १० पुगेको छ ।शैलुङ्गेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस सुनकोसी नदीमा खसेको हो । चालक धनबहादुर तामाङको सकुशल उद्धार गरिएको सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

नदीमा खसेको यात्रुवाहक बस तानेर बाहिर निकालिएको छ । नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरी, र्‍याफ्टिङ गर्न गएका युवा र स्थानीयको सक्रियतमा उद्धार भइरहेको छ।

कम्तीमा १० जना घाइतेको उपचारका लागि धुलिखेल र खाडीचौर अस्पतालमा लगिएको प्रहरीले जनाएकाे छ । बसमा ३५ देखि ४० जना रहेको अनुमान गरिएकाे छ । १२ भन्दा बढीको मृत्यु भएको हुनसक्ने अनुमान प्रहरीको छ।दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत भने भइनसकेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति November 3, 2019
Loading...