आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ !फोटो फिचर

उर्लाबारी -:  छठ पर्वको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकिएको छ। चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथों दिन अर्थात् आज उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै विविध रूपमा यो पर्व सम्पन्न भएको छ।

जिल्लाभरमा हजारौँ भक्तजनले शनिबार बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए। छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइने जनविश्वास रहेको छ। यो पर्वको व्रत बसेमा मुख्यतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याण हुने विश्वास रहेको छ।हजारौँ भक्तजन मोरंग र झापा जोड्ने मावा खोलामा राति देखि जगराम बसेर नाच सगै भज कृतन गरिएको थियो ।

प्रकाशित मिति November 3, 2019
Loading...