कार्तिक १२ गते मंगलबारको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आफन्तजनसँगै मनमोटाव बढ्न सक्छ । नसा वा जोर्नीसम्बन्धी समस्याले पनि सताउन सक्छ । समय प्रतिकूल रहनेछन् ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
कृषि र व्यवसायमा उन्नति हुनुका साथै मनग्ये धन कमाउने अवसर जुट्नेछ । नयाँ नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुन सक्छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
विशेष अध्ययनका लागि विदेशयात्रा सम्मको योग छ । साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिने समय छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सोच्ने शक्ति बढ्ने छ । कुरा काटनेहरु प्रशन्सा गर्न थाल्ने छन् । अन्न तथा धनको पनि वृद्धि हुनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
सहयोगीको राम्रो साथ पाइनेछ । शिक्षा र साझेदारीमा फाइदा हुनेछ, घरमा सामान्य मनमुटाव होला ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
सन्तानबाट लाभ र सुख मिल्नेछ । दीर्घकालीन योजनाहरू सम्पादन हुनेछन् । प्रेम वा दाम्पत्यमा आत्मीयभाव बढ्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
उद्योगधन्दा र रोजगारीका लागि विभिन्न अवसर आउनेछन् । धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
पढाइलेखाइमा राम्रो नतिजा हासिल गर्न सकिनेछ । विभिन्न अवसरले पछ्याउने छन् । यात्रा फलदायी बन्नेछ र काममा उत्साह जाग्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
विश्वास पात्रले धोका दिनेछन् । वैदेशिक रोजगारीमा केही समस्या आउनेछन् । श्रम र उत्पादनको राम्रो मूल्य नपाइएला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
काममा विलम्ब र चुनौती सामना गर्नुपर्ला । मानहानि वा अपयशको सम्भावना छ । आर्थिक अभावले सताउनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
मित्रता, प्रेम र दाम्पत्य सम्बन्धका लागि समय अनुकूल देखिन्छ । तर्कशक्ति बढ्नेछ । कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ ।

प्रकाशित मिति October 28, 2019
Loading...