“सेवा नै धर्महो” सवारी दुर्घटना मा परि दुबै खुट्टा पूर्ण अपाङ्ग भएका बैतडीका बसन्त जोशी सहयोग अभियान !सके सहयोग गरौ नसके एक सेयर गरौ !

केशब कटुवाल दुबई – २४ बर्ष का बैतडी जिल्ला, डिलासैनी गाउपालिका नगराउ 5 घर भएका भाइ बसन्त जोशी २ बर्ष अगाडि भारतमा मजदुरी गर्दै गर्दा सवारी दुर्घटना मा परि दुबै खुट्टा पूर्ण अपाङ्ग भई बेडमा नै थलिएका छन् ।

उनको घरको स्थिती साह्रै दयनीय छ र विभिन्न सहयोगी ब्यक्तिहरु बाट सहयोग संकलन गरेर यज्ञ राज भट्ट जिले उपचार गर्नको लागि पुस महिनामा काठमाडौ ल्याइ अहिले एउटा खुट्टा को अप्रेसन भएर bed rest मा हुनुहुन्छ भने उहाको अर्को खुट्टाको नि अप्रेसन गर्नु पर्ने भएको छ र उहाको घर बाट उपचार गर्ने कुनै सम्भब नभएकोले यो अभियान सुरु गरेका छौ हाल सम्म केहि मनकारी साथीहरु ले दुबई बाट पनि सहयोग संकलन गरेर पठाउनु भएको छ उहाहरु गर्नु भएको सहयोग जम्मा दिराम १५८८ नेपाली हिसाब गर्दा खेरी सच्चालिस हजार पाचसय तिर्हत्तर नेपाली रुपया हुन जान्छ यो पैसाले पक्का पनि बसन्त भाइको उपचारमा केहि त राहत पक्कै पनि होला र उहा लाइ पूरै निकोपारेर परिवारमा खुसि हुने वातावरण मिलाउनको लागि अझै सहयोग रकमको खाँचो परेको हुदा सम्पूर्णले सहयोग गरि उहाको जीवन र उहाको उदेश्यमा सरिक भइ दिन हार्दिक अपिल गर्द छौ र अहिले सम्म जतिले उहालाइ सहयोग गर्दिनु भो सम्पूर्ण सहयोगी मनहरुलाइ हामी धन्यवाद दिन चाहान्छौ ।

हजुरहरु दुबईमा हुनु हुन्छभने सुरेन्द्र बहादुर खठाएत ०५६३१०३२६२ यो नम्बरमा सम्पर्क गरेर सहयोग गर्न सक्नु भने सिधै नेपालमा सहयोग गर्न चाहनु हुन्छ भने यो तलको नुम्बरमा फोन या खातामा सिधै जम्मा गर्न सक्नु हुने छ ।

प्रकाशित मिति May 29, 2019
Loading...