एक मधेश एक प्रदेश हुन सक्दैन : उपसभापति गच्छदार !

ललितपुर -:  नेपाली काङ्गे्रसका उपसभापति विजयकुमार गच्छदारले ‘एक मधेश एक प्रदेश’मा जान नहुने बताएका छन्। गोदावरी नगरपालिकाले तिहार, नेपाल सम्वत् ११४० एवम छठ पर्वको अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उपसभापति गच्छदारले पार्टीको स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताए।

उनले भने, “मभन्दा ठूलो पार्टी हो । पार्टीभन्दा ठूलो मधेश हो । मधेशभन्दा ठूलो मेरो देश भएकाले यसलाई विभाजन गरेर मुलुकले समृद्धि हासिल गर्न सकिदैन ।थारु र जनजातिको हकहितका लागि लडेको मान्छे समग्र मुलुकको हितमा लड्नुपर्छ भनी काङ्ग्रेसमा लागि परेको उपसभापति गच्छदारको भनाइ थियो ।उनले भने, “काङ्ग्रेसमा रहेर महँगी र भ्रष्टाचारलगायत विसङ्गति नियन्त्रण गर्नमा रचनात्मक भूमिका निर्वाह गरिरहेको छु ।आगामी निर्वाचनमा विजय हासिल गर्न काङ्ग्रेस लागिपरेको उनको भनाइ थियो ।

उपसभापति गच्छदारले युवा पुस्ताले पुराना पुस्ताको कदर गर्दै उहाँहरुको योगदानलाई बिर्सनु नहुने बताए। देश निर्माणमा युवा पुस्ता अनुशासित भएर अघि बढ्नुपर्छ”, उपसभापति गच्छदारले भने।काङ्ग्रेस ललितपुरका सभापति मदनबहादुर अमात्यले पञ्चायती र व्यक्तिवादी प्रवृत्तिबाट माथि उठेर कतान्त्रिक संस्कार अङ्गाल्न कार्यकर्तालाई आग्रह गरे। – रासस

प्रकाशित मिति October 26, 2019
Loading...