प्रहरीभित्रको सांगठनिक भ्रष्टाचारको विशेष खुलासा आज राति ‘सीधाकुरा जनतासँग’मा

काठमाडौं -:  न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को शनिबार (आज)को एपिसोडमा प्रहरी प्रधान कार्यालयमा हुँदै आएको भ्रष्टाचारको विषयमा रिपोर्ट प्रस्तुत गर्ने भएको छ ।प्रोड्युसर दीपक बोहोरका अनुसार ‘सीधाकुरा जनतासँग’को आजको एपिसोडमा प्रहरीका जुत्ता, बर्दी र सवारी साधन खरीदमा भ्रष्टाचार भएका विषयमा रिर्पोट प्रस्तुत गरिने भएको हो ।

प्रोड्युसर बोहोराले फेसबुकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको दर्ता नम्बर सेयर गर्दै लेखेका छन्–‘प्रहरीमा भएको भ्रष्टाचारको एक्स्क्लुसिभ खुलासा, के गर्दैछ अख्तियार ? आज राति ८ः ४५ बजे कार्यक्र सीधाकुरा जनतासँगमा…।’

न्युज २४ बाट साभार

प्रकाशित मिति October 26, 2019
Loading...