काँग्रेसको पतन सुरु, जिउँदै इट्टाभट्टामा जलाउने आलमलाई छाड्न माग गर्दै सडकमा

रौतहट -:  ह*त्या आरो प लागेका नेपाली कांग्रेसका नेता मोहम्मद आफताव आलमलाई बिनाशर्त रिहाइ माग गर्दै सदरमुकाम गौरमा मौन जुलुस निकालिएको छ।

आलमलाई जिल्ला अदालतबाट आठ दिन म्याद थपे लगत्तै सदरमुकाम गौरमा हजार भन्दा धेरै सहभागीको मौन जुलुस निकालिएको हो। जुलुसमा नेपाली कांग्रेसका सयौँ कार्यकर्ता पनि सहभागी थिए। तर कांग्रेस जिल्ला सभापति कृष्ण यादवले यो जुलुस आफुहरुले ननिकालेको बताए।उनले यो जुलुसमा स्वतःफूर्त सहभागीहरु आएको दाबी गरे। जुलुस नेपाली कांग्रेसको आयोजनामा भएको होइन। आलमको समर्थनमा स्वतः निकालिएको हो’, उनले भने। मुखमा कालोपट्टी बाँधेका सहभागीहरुले आलमलाई रिहा गर्न माग गरेका थिए। उनीहरुले यसअघि पनि सदरमुकाममा आएर प्रदर्शन गरेका थिए।

 

प्रकाशित मिति October 26, 2019
Loading...