संखुवासभालीहरुले युएईमा  बडादशैं,तिहार र छठपर्वको बिशेष  कार्यक्रम सम्पन्न !

नवराज कार्की/युएई –: विस्वका धेरै देशहरुमा रहेको संखुवासभा  समाज मध्ये युएई मा पनि संखुवासभा समाज युएई नाममा संखुवासभाली हरु एकबद्व भई सक्रिय रुपमा बिभिन्न सामाजिक गतिविधिहरु गरिरहेका छन।त्यसै अनुरूप बडादशैं,तिहार र छठपर्वको बिशेष अवसर पारी सांस्कृतिक तथा मनोरन्जात्मक कार्यक्रम दुबई स्थित क्रीक पार्कमा सम्पन्न गरेको छ।

कार्यक्रममा जिल्ला बासी सँगसँगै अन्य पाहुना साथीहरुको पनि उपस्थिति रहेको र चाडपर्व बिशेष कार्यक्रम खुशियालीका साथ मनाईएको संखुवासभा चैनपुर नगरपालिकाका बीरबहादुर भुर्तेल ले बताउनु भयो। कार्यक्रममा बोल्दै समाजका अध्यक्ष बलराम राई ले घरपरिवारको जिम्मेवारी सम्हाल्दै देशलाई रेमिट्यान्स पठाएर सहयोग गरिरहेका हामीले अब आफ्नो जिल्लाको लागि पनि केहि गर्नको लागि पनि संखुवासभालीहरु एकजुट हुन जरूरी रहेको उल्लेख गर्नु भयो।

जिल्लाबासीहरु एकत्रित भई सामाजिक संगसँगै आर्थिक रुपमा नि जिल्लालाई सवल बनाउन नवीनतम आयोजना जिल्लामा लिएर जानु पर्ने आवस्यकता रहेको र त्यसको लागि गृहकार्य भैरहेको जनाउनु भयो। कार्यक्रम तिहारको शुभकामना आदानप्रदान गर्दै केहि मंतब्य पश्चात खानपान र सांस्कृतिक मनोरञ्जन सँगै देउसी समेत खेलेर समापन भएको थियो।

प्रकाशित मिति October 26, 2019
Loading...