राम नेपालीलाई पछी पार्दै रोल्पाका  सोनी बिस्वकर्मा यस वर्षको लोक स्टार बिजेता

काठमाडौं ८ कार्तिक -:  नेपालमा विभिन्न चर्चित अन्तरास्ट्रिय गायन रियालिटी शोहरुको फ्रेंचाइस भित्र्याई रहेको बेला एउटा आफ्नै संस्कृति बोकेको गायन रियालिटी शो ‘नेपाल लोक स्टार’ पनि आएको थियो।

हिमाल पहाड तराई मेची देखि महाकालीका विभिन्न भेगमा गाइने मौलिक लोक भाकाको संरक्षण पनि हुने र आफ्नो पहिचानको पनि निरन्तरता हुने हुनाले यो गायन रियालिटी शोलाई छुट्टै महत्वका साथ् हेरिएको छ ।समय संगै विदेशी नक्कलले आफ्नो मौलिकता हराउदै गएको बेला यस प्रकारको कम्पिटिसनहरु आयोजना हुनाले भाबि सन्ततिलाई पनि आफ्नो मौलिक लोक संस्कृति बारे जानकारी हुने अपेक्षा गरिएको छ ।

देशभरबाट लोक गायनमा खारिएका प्रतिभा खोज्ने यस रियलिटी शो को उपाधी जितेका छन् । पहिलो लोकस्टार बन्न सफल ५० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।सोनी विस्वकर्मा आम नेपालि च्वाइसमा भोट लिएर बिजेता हुनु भएको छ । भखरै मात्र सकिएको लोक स्टारले यस वर्षको कार्यक्रम सकेको छ । अर्को वर्ष फेरी सो हुने जानकारी गरेका छन् । विश्वकर्माले ५० लाख रुपैयाँको पुरस्कार हात पारेका छन् । यसका साथै उनले २५ लाख रुपैयाँ बराबरको जीवन बीमा पनि हात पारेको हुन् ।

यस्तै स्याङ्जाका चेतन गोतामे लोकस्टारको दोस्रो बन्न सफल भएका छन् ।उनी २५ लाख रुपैयाँ पुरस्कार र १५ लाख बराबरको जीवन बीमा पाउन सफल भएका छन् । उदयपुरका विनोद दनुवारले तेस्रो स्थान हात ओगटेका छन् । उनले १० लाख रुपैयाँ नगद पुरस्कारका साथै १० लाख रुपैयाँ बराबरकै जीवन बीमा हात पारेका हुन् । यस्तै रामकुमार नेपालीले इलेक्ट्रिफाइङ्ग पर्फर्मेन्स अवार्ड हात पार्न सफल भए । उनले लिट्मस केबलको तर्फबाट २ लाख रुपैयाँ प्राप्त गरेका छन् उनाीहरुलाई शनिबार दिउँसो १२ बजेबाट शुक्रबार दिउँसो १२ बजेसम्म पाएको भोटको आधारमा विजेता घोषित गरिएको छ । अडिसनदेखि विभिन्न राउण्डहरु पार गर्दै नेपाल लोक स्टारको ग्राण्ड फिनालेमा ४ प्रतिस्पर्धी पुग्न सफल भएका थिए । सोनीको गाउमा खुसियाली छायाएको छ ।

प्रकाशित मिति October 25, 2019
Loading...