काठमाडौं : यस्तै त हो नि ब्रो’ भन्ने बोलको गीत गाएर ख्याती कमाएका चर्चित र्यापर समिर तामाङ ‘भिटेन’लाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई जावलाखेलबाट पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले पुष्टि गरेका छन् ।
अस्ति मंगलबार समाजमा खलल पु-याउने गीत गाएको भन्दै गायक दुर्गेस थापालाई प्रहरीले पक्राउ गरेको थियो । थापालाई पक्राउ गरेको पर्सि पल्ट अर्थात आज बिहिबार चर्चित -यापर भिटेनलाई पनि उनले गाएको गीतले समाजमा नकारात्मक असर पारेको भन्दै पक्राउ गरेको हो ।असईको पोशाक लगाएर गाँजा तानेको प्रोफाइल तस्विर समेत राखेको अभियोगमा भिटेनलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हाे ।उनले ट्याप गीतमा–पुलिस चौकीमा गएर जाँड खान्छु गाँजा खान्छु, लगायतका अश्लिल शब्द प्रयोग गरेको आरोप छ ।
प्रकाशित मिति October 24, 2019