कार्तिक ७ गते बिहिबारको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ, मान सम्मान पनि पाउन सकिन्छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) काम बन्नाले मन रमाृउने छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।

 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) व्यापारबाट राम्रै आम्दानी हुन सक्छ । नसोचेको काम बन्ने छ, प्रिय साथीसंग पनि भेटघाट होला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) खानामा सचेत रहनु पर्ने दिन छ । अनावश्यक झमेलामा परिएला, यात्राको क्रममा सावधान रहनु होला ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) काम रोकिएपनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । अन्नलाभ होला, अनौठो खबर सुन्न पाइएला ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) आयआर्जन हुने दिन छ । यात्राको संभावना छ, नउठ्ने पैसा उठेर मनमा कता कता हर्ष छाउनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) घरमा पाहुना आगमनको दिन छ, धनको लाभ होला । साथै रमाइलो यात्राको पनि योग रहेको छ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिएपनि काम पूरा नहुने समय छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । स्वास्थ्य कमजोर छ, सोचेको काम समयमै सम्पन्न नहोला ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढनेछ । माता पितासंगको भेटघाटले मनमा हर्ष उल्लास छाउनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) पैसो कमाउने योग छ । पारिवारिक सुख मिल्ने दिन छ भने ब्यापारमा पनि फाइदाकै योग रहेको देखिन्छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) मनमा उदासिन्ता बढने काममा अवरोध सिर्जना गर्नेहरु सकृय हुनेछन् । विश्वास गरेकाले धोका दिेनेछन्

प्रकाशित मिति October 23, 2019
Loading...