प्रेमी भेट्न अमेरिका पुगिन् वर्षा सिवाकोटी, सामाजिक संजालमा शेयर गरिन् यस्ता तस्बिर !

काठमाडौँ -: अभिनेत्री वर्षा सिवाकोटी नेपाली सिने क्षेत्रकी एक चर्चित अभिनेत्री हुन् । उनी धेरै जसो आफ्नो अफेयर र फोटो सुटका कारण चर्चामा छाइरहेकी हुन्छिन् । अभिनेत्री वर्षा सिवाकोटी पछिल्लो समय अमेरिकामा छिन् । आफ्ना प्रेमी सविनजंग थापालाई भेट्न अमेरिका पुगेकी हुन् । सविन जङ्ग थापा अमेरिका निवासी हुन् । यसैक्रममा अभिनेत्री वर्षा सिवाकोटीका प्रेमी सविनले आफ्नो फेसबुक स्टोरीमा वर्षासँगको तस्बिर शेयर गरेका छन् ।अभिनेत्री वर्षा हालै प्रेमीलाई भेट्नकै अमेरिका पुगेकी हुन्’ ।

उक्त तस्बिर अहिले सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेको छ । तस्बिरमा बर्षा सबिनसँग खुसी मुद्रामा देखिएको छ । तस्विरमा सविनले वर्षाको नाम लेखेका छन् । यी दुई आउँदो वर्ष बिबाह बन्धनमा बाधिँन सक्ने बताइएको छ । चलचित्र ‘नाईं नभन्नू ल २’ बाट अभिनयमा करियर सुरु गरेकी बर्षाले हाल ‘लक्का जवान’ को छायांकन सकेर अमेरिका गएकी हुन्’ ।

प्रकाशित मिति October 23, 2019
Loading...