लडाकु शिविरको चार अर्ब अनियमितताको फाइल खुल्ने, प्रचण्डलाई जेल पठाउने रहस्य खोले महराले !अब के हुन्छ ?

काठमाडौं -:  प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी लडाकु शिविरमा भएको भनिएको चार अर्बको अनियमितताको अनुसन्धान अघि बढाउने संकेत दिएपछि पूर्वमाओवादी नेताहरुमा छटपटाहट देखिएन थालेको छ । नेकपा अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो अभिव्यक्ति त्यसप्रतिको आक्रोशको रुपमा हेरिएको छ । हाल यौनदुराचारको आरोपमा प्रहरीको न्यायिक हिरासतम रहेका निवर्तनमा सभामुख कृष्णबहादुर महराले आफूलाई भेट्न आएका निकटवर्तीसँग यसबारे कुरा गरेका स्रोतको भनाइ छ । आफूलाई भेट्न आएका कांग्रेसका नेता कृष्णप्रसाद सिटौलासँग महराले प्रधानमन्त्री ओली पूर्वाग्राही ढंगबाट अघि बढेको गुनासो गरेका छन् । महरा सभामुख भएदेखि नै प्रधानमन्त्री ओलीले बारम्बार लडाकु शिविरको अनियमितताबारे जानकारी मागेको उनले नेताहरुलाई जानकारी दिएको स्रोतले बताएको छ ।

२०६२÷०६३ को दोस्रो जनआन्दोलनपछि करिब ३१ हजार माओवादी लडाकुलाई शिविरमा राखिएको थियो । शिविरमा रहेका अधिकांश लडाकु नभएर गाउँगाउँबाट युवाहरुलाई ल्याएको बताएको प्रचण्डको भिडियो भाइरल बनेको थियो । गैरलडाकुलाई शिविरमा राख्नेदेखि लडाकुको नाममा निकासा भएको भनिएको करिब चार अर्ब रुपैयाँ अनियमितता भएको बताइन्छ । यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि तत्कालीन माओवादीको आन्तरिक छानबिन समितिले छानबिन र अनुसन्धान गरिए पनि यथार्थता बाहिर ल्याइएको छैन । जसको प्रधानमन्त्री ओलीले अनुसन्धान अघि बढाउन खोजेको महराले नेताहरुसँग बताएका हुन् ।

तत्कालीन माओवादी र सरकारबीच ५ मंसिर २०६३ मा भएको विस्तृत शान्ति–सम्झौतापछि माओवादी लडाकुलाई अस्थायी शिविरमा राखिएको थियो । साथै दलहरूबीच लडाकु, शिविर र हतियार राखिएको कन्टेनरको नियमित अनुगमनका लागि संयुक्त राष्ट्रसंघबाट अनुगमनकर्ता बोलाउने सहमति भएको थियो । लगत्तै २२ मंसिरमा भएको सहमतिअनुरूप संयुक्त राष्ट्रसंघीय राजनीतिक मिसन (अनमिन) शिविर र हतियारको अनुगमन गर्न नेपाल आएको थियो ।

उक्त सहमतिबमोजिम नै अनमिनले लडाकु प्रमाणीकरण गरेको थियो । सात मुख्य शिविर र २१ सहायक शिविरमा रहेका करिब ३१ हजार लडाकुबाट अनमिनले प्रमाणीकरणमा लडाकुको संख्या १९ हजार ६ सय २ कायम भएको थियो । तत्कालीन शान्ति मन्त्रालय, शिविर व्यवस्थापन सचिवालयकाअनुसार लडाकुको भरणपोषणमा २ अर्ब ७४ करोड १६लाख ९७ हजार ५ सय ८४ रुपैयाँ, मासिक भत्तामा ५अर्ब ८२ करोड ७२ लाख ५७ हजार २४ रुपैयाँ, पूर्वाधार निर्माणमा २७ करोड १० लाख ३ हजार १७ रुपैयाँ, अन्य खर्चमा २२ करोड ४४ लाख ५१ हजार ५ सय २१ र कृष्णबहादुर महरा मार्फत  ४६ करोड १० लाख ६७ हजार २ सय रुपैयाँमा गरी ९ अर्ब ५२ करोड ५४ लाख ७६ हजार ३ सय ४६ निकासा भएको हो

शिविरमा रहेका लडाकुको भरणपोषण, भौतिक पूर्वाधार निर्माणलगायत व्यवस्थापनतको रकम उपलब्ध गराएको थियो । मासिक भत्ताबाट एक लडाकुले एक हजारका दरले सम्बन्धित शिविरका कमान्डरलाई बुझाउने गरेका थिए । पछि केहीले शिविर छाडेको र केहीको मृत्यु भएको अनमिनको रिपोर्टअनुसार १९ हजार ५ सय २५ लाई मात्रै रकम निकासा भएको थियो । ०६८ मंसिरदेखि भएको लडाकु पुनर्वर्गीकरणमा तीन हजार लडाकु अनुपस्थित थिए । उनीहरूको मासिक भत्ता र भरणपोषणबापतको रकम पुनर्वर्गीकरणको रिपोर्ट आउनुअघिसम्म निकासा भइरहेको थियो ।

प्रकाशित मिति October 23, 2019
Loading...