खुसिको खबर! सन्दीप लामिछानेलाई ओभल इन्भन्सिबलले  किने

काठमाण्डौ -:  नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने करोडपति भएका छन् । उनी एकै प्रतियोगिताबाट करोडपति बनेका हुन् । उनी इंगल्याण्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्नका लागि छानिएका हुन् । आइतबार राति भएको ‘द हन्ड्रेड’ ड्राफ्टबाट सन्दीप ओभल इन्भेन्सिबल्समा अनुबन्धित भएका छन् ।

दोस्रो चरणमा अनुबन्धित भएका सन्दीपले एक लाख पाउण्ड (करिब १ करोड ४६ लाख रुपैयाँ) पाउने छन् । यो सन्दीपको हालसम्मको उच्च मूल्य हो । एक सय बलको हुने ८ टिम सहभागी द हन्ड्रेड प्रतियोगिता सन् २०२० को १७ जुलाईदेखि १६ अगष्टसम्म हुनेछ । सन्दीपसँगै एक लाख पाउन्ड पाउने विदेशी खेलाडीमा अष्ट्रेलियाका क्रिस लिन, अफगानिस्तानका मोहमद नाबी, न्युजिल्यान्डका केन विलियमसन र पाकिस्तानका मोहमद आमिर रहेका छन् ।

प्रकाशित मिति October 21, 2019
Loading...