पाँडे, जिग्री लगायत ‘सक्किगोनी’ टिमबिरुद्द पर्यो उजुरी! फेरी बन्द हुने सम्भाबना

काठमाडौं -:  चर्चित हाँस्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’ माथि मुद्दा दर्ता गरिएको छ |  पाँडे र जिग्री लगाएत  नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को पुरै टिमविरुद्ध नै मिडिया हबले प्रहरीमा कपिराइटको उजुरी गरेको हो ।सक्किगोनीमा प्रयोग गरिएका पात्रहरु भद्रगोलकै पात्र रहेकाले मिडिया हबले महानगरीय प्रहरी परिसर टेकुमा उनिहरु बिरुद्द कपिराईटको उजुरी दिएको हो !

उजुरीमा हबले ‘जेपिटी क्रियसन’ लाई प्रमुख विपक्षी बनाएको छ भने नेपाल टेलिभिजन र कि एड्भरटाइजिङलाई पनि मुद्दामा मुछेको छ सक्किगोनीको टिम बिरुद्द नै उजुरी परेपछि छलफलका लागि  दुबै पछलाई बोलाईएको प्रहरीसे जनाएको छ |मिडिया हबका प्रमुख सोमप्रसाद धितालले आफ्नो टेलिश्रृंखला ‘भद्रगोल’ का चरित्रहरु अर्को टेलिश्रृंखलामा प्रयोग गर्दा आफूहरुलाई अप्ठेरो परेकोले उजुरीम उल्लेख गरेका छन | उजुरीमा उनले   ‘जिग्री, पाँडे, बले कक्रोच, सितेबा जस्ता दर्जनौं, क्यारेक्टरहरु मिडिया हबका उतापादन भएको दाबी समेत गरेका छन |

सक्किगोनीको जिमबिरुद्द कपिराईटको उजुरी हालेपनि हबका प्रमुख धितालले  आफुले क्षतिपूर्तिको मागदावी भने नगरेको बताए |मिडिया हब र भद्रगोलका मुख्य कलाकारबीच लेनदेनका बिषयम विवाद भएपछि    भद्रगोल छोडेर जिग्री-पाँडेको समूहले भद्रगोलका पुरानै  पात्र र कथाबस्तु राखेर सक्किगोनी प्रशारणमा ल्यायो भने मिडिया हबले पनि नेपाल टेलिभिजनबाट भद्रगोलको प्रशारण जारी राख्यो । भद्रगोलमा पात्रहरु भने नयां छन |भद्रगोलमा पुराना पात्रहरु नदेखिपछि त्यसको लोकप्रियता ह्वात्तै घटेको छ भने सक्किगोनीले भने प्रशारणको छोटो समयमा  लोकप्रियता पाईरहेको छ |

प्रकाशित मिति October 20, 2019
Loading...