माहान नारी रूपाको जन्मदिन “ह्याप्पी बर्थडे” रूपा (भिडियो)

काठमाडौँ २ कार्तिक -:  ‘कृष्ण रूपा’ निकै चर्चित जोडी हुन् । आज ‘रूपा मगर वलि’को जन्मदिन परेको छ । ‘माया शब्द मात्र दुई अक्षरले बनेको छ । जुन सुन्नमा जति सरल र सहज छ उति नै गहिराइ पनि तिनीहरूको लागी जो असल प्रेमी प्रेमीका हुन्छन् । त्यस्तै एउटा निस्स्वार्थ अनि अमर माया प्रेमको कहानी कुनै दिन स्वयंम पढेको थिए, जो रहेको थियो “मुनामदन” त्यस्तै आज वास्तविक अनि यथार्थ मै देख्न पुगे अर्को प्रेम कथा कृष्ण वलि र रुपा मगर”को, मुनामदन एक काल्पनिक प्रेम कहानी भएता पनि तर यथार्थमा उनीहरू भन्दा कृष्ण र रुपा”को अति उच्च रहेको छ ।

कृष्ण र रुपाको प्रेम चिया पिएर कुराकानी सुरु गर्दा, कृष्णले आफ्ना सबै कथा सुनाए । उनले कसरी गुमाए त दुई हात र एक खुट्टा ? कृष्णकी श्रीमती अन्तर्वार्तामै रुदा मैले पनि आफुलाई सम्हाल्नै सकिन, आंशु आंखाको डिलसम्म आयो । कस्तो पिडा, पहिला बाबाले छोडे पछि आमाले ।सानैदेखि मामाघरको हजुरआमाले हुर्काए, कृष्णलाई । जब ठुलो भए यस्तो घटना घट्यो ।

प्रेम गरेपछि अन्तरजातिय बिवाह गरेका रुपा र कृष्णको प्रेम कथा पनि मेरै फिल्मको सुटिंगबाट सुरु भएको रहेछ । हामी तपाईको बिर्खेलाई चिन्छस् फिल्मको सुटिंग हेर्न जांदा पहिलो पटक कुराकानी गरेको नि, रुपाले सुनाईन् ।रुपाको कृष्णप्रतिको प्रेम देख्दा निस्वार्थ माया गर्ने मान्छे पनि अझै संसारमा छन् र झैं लाग्यो । सांच्चै महान् रुपा बहिनीलाई मैले सोलुट गरें । कृष्णको हात र खुट्टै काट्नु पर्ने घटना के थियो ?

किन सानैमा छोडेका थिए, कृष्णलाई उनका बाबु आमाले ? कसरी सम्भव भयो, कृष्ण र रुपाको अन्तरजातिय बिवाह ? अनि समाजले किन भन्दैछ रुपालाई, कृष्णलाई छोड्दे ।साँच्चीकै कृष्ण र राधाको जोडी थियो। कति अपार अनि निस्वार्थ र चोखो माया गरेकी छिन् माया मगरले कृष्णलाई, माया होस्त यिनको जस्तो। धेरै कुरा सिकेको छु यिनीहरू बाट। कस्सम सम्झिदा मन भक्कानिन्छ आँखा रसाउछ। हिरो बन्न चाहन्थे तर के गर्नु ? फिल्मको सुटिंगमै भेटेर गरेका थिए, अन्तरजातिय बिवाह । बुढीलाइ MBBS पढाउने सपना थियो ।रुपा मगर वलीलाई हाम्रो तर्फबाट जन्मदिनको लाखौंलाख शुभकामना ।

प्रकाशित मिति October 20, 2019
Loading...