रंगशालामा फुटबल हुन ३२ दिन बाँकी, मैदान निमार्णाधिन अवस्थामा! तयार होला त?

काठमाडौं-:दैनिक हजारौं यात्रु ओहोर–दोहोर गर्ने त्रिपुरेश्वर चोकै छेउमा छ, दशरथ रंगशाला । पछिल्लो ४ बर्ष शुनसान रहेको रंगशालामा अहिले चहल पहल बढ्दो छ रंगशालाको चहलपहल खेलाडीको भने होइन । अहिले पुनर्निर्माणको काम जारी रहेकाले काम गर्ने श्रमिकको हो ।

खेलाडीको चहलपहल हुनु पर्ने ठाउँमा श्रमीकहरुको चहल पहल बढ्नुका पछाडी, मंसिर १५ गतेदेखि आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) रहेको छ । सागको उद्घाटनस्थल यही रंगशाला हुनेछ ।

मैदान तयार भए आगामी मंसिर ३ गते यहिँ रंगशालामा फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ अन्तर्गत नेपाली फुटबल टोलीले कुवेतविरुद्धको ‘होम गेम’ हुनेछ । यो प्रतियोगिता अबको ३२ दिनमा हुनेछ ।

त्रिपुरेश्वर चोकबाट हेर्दा प्रवेशद्वारमा लेखिएको ‘दशरथ रंगशाला’का अक्षरहरु नै सडकको धुलोले ‘कुरुप’ भइसकेका छन् । गेटभित्र छिरिसकेपछि दाँयापट्टी रंशालामा काम गर्ने मान्छेहरुका मोटरसाइकल पार्किङ गरिएका छ ।अगाडि देखिन्छ, शहिद दशरथ चन्दको शालिक । यतिबेला शालिक पनि धुलाम्मे भइसकेको छ । शालिकको कालो जलपलाई सडकको धुलोले बेरुप बनाएको छ ।

त्यहाँबाट अलि अगाडि गइसकेपछि भेटिन्छन्, रंगशालाको भिआईपी प्याराफिटको छानोका लागि ल्याइएका ठूला ठूला पिलरहरु । त्यहिँ छेउमा केही श्रमीकहरुले ‘ओल्डिङ’ गरिरहेका छन् ।भीआईपी प्याराफिटको छानो राख्न अवश्यक पर्ने फलाम त्यहाँ ओल्डिङ गर्ने काम भइरहेको छ । अहिले ओल्डिङमा २०–२२ जना श्रमिकहरुले काम गरिरहेको देख्न सकिन्छ ।

केही दिन अघि युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा रंगशाला अवलोकनका लागि त्रिपुरेश्वर पुगेका थिए । उनी त्यहाँ पुग्दा ठेकेदारहरुलाई काम जतिसक्दो छिटो सक्न आग्रह गरे ।मन्त्रीको उक्त अवलोकनपछि ठेकेदार दबाबमा रहेको त्यहाँ काम गर्ने एक श्रमिकले भने । ‘अस्ति खेलकुद मन्त्री आउनु भएको रहेछ । त्यसपछि ठेकेदारले हामीलाई पनि काम छिटो–छिटो गर्न दबाब दिइरहेका छन् नाम नबताउने शर्तमा एक श्रमिकले खबरहबसँग भने ।

त्यहाँबाट रंगशाला भित्र छिर्दा मैदान प्रवेशको अर्को गेट त्यहाँ बन्दैछ । त्यो, गेट पार गर्दै भित्र प्रवेश गर्दा भीआईपी प्यारापिट मुनी पट्टीको पार्किङ स्थलमा ‘टाइल’ राख्ने काम भइरहेको छ । टाइल राख्ने काममा ६–७ जना श्रमिक काम गरिरहेका छन् ।पार्किङ एरियाबाट अगाडि बढेपछि बाँयापट्टी भीआईपी प्यारापिटको तल्लो तलाका ४ कोठालाई फुटबलका लागि छुट्याइएको मैदान व्यवस्थापक दिलीप रजकले देखाएका बताए । ड्रेसिङ रुम, म्याच कमिस्नर रुम, कन्फ्रेन्स रुम लगायत सबै तयार भइसकेका छन् ।

 

 

 

प्रकाशित मिति October 19, 2019
Loading...