होसियार सेटिङमा देशभर बढ्दैछ मृर्गौलाको व्यापार, अस्पतालकै पनि मिलेमता !

काठमाडौं, कार्तिक १ – : देशको संघीय राजधानी काठमाडौंमा मात्रै होइन देशैभर सेटिङमा मृर्गौलाको व्यापार बढ्न थालेको छ ।मानव शरीरको महत्वपूर्ण अंग मृर्गौलाको पनि सेटिङमा व्यापार बढ्न थालेको हो । राजधानीमा खबर छ ।

दलाल र किन्ने व्यक्तिबीचको आपसी सम्झौतामा मृर्गौला देशमा मात्र्रे होइन भारतमा पनि अबैधानिक रुपमा विक्री वितरण भइरहेको छ । केही दिन अघि मात्रै अस्पताल सञ्चालक, चिकित्सकसहितकै मिलेमतोमा मृर्गौला बेचबिखन गरेको घटना सार्वजनिक भयो ।स्रोतकाअनुार काँकडभिट्टा–पानीटंकी, बीरगञ्ज–रक्सौल, भैरहवा–सुनौली ओसािरपसारका साझा विन्दु हुन् । दलालहरुले मुख्यतः कमजोर आर्थिक स्थिति भएहरुलाई मृर्गौला बेच्नका लागि तयार पार्छन् ।

विश्व स्वास्थय संगठनकाअनुसार पाँचदेखि १० प्रतिशतसम्म सबै लाखको मृर्गौला प्रत्यारोपणका घटनामा प्रापकले अंग खरिदका लागि अन्य देशको भ्रमण गर्ने गर्छन् ।बिचौलियाहरुले मृर्गौला प्रत्यारोपण गर्न चाहनेहरुलाई एक लाखदेखि तीन लाख रुपैयाँसम्म उपलब्ध गराउने आश्वासन दिने गरेको राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनले देखाएको छ ।तर, प्रत्यारोपण गरिसकेपछि भने पीडितलाई २० देखि ३० हजार रुपैयाँमा मात्रै उपलब्ध गराउने गरेको प्रतिवेदनले देखाएको छ ।

प्रकाशित मिति October 18, 2019
Loading...