राष्ट्रिय कराते प्रतियोगिता अध्यक्ष कप मंसिर १ र २ मा हुने !

काठमाडौं -:  बागलुङको बडिगाड गाउँपालिकामा दोस्रो गाउँपालिका अध्यक्ष कप हुने भएको छ । बडिगाड गाउँपालिकाको आयोजनामा मंसिर १ र २ गते ग्वालीचौरमा ‘दोस्रो गाउँपालिका अध्यक्ष कप’ राष्ट्रिय कराते प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा ७ प्रदेश र एक आयोजकसहित ८ टिमको सहभागिता हुने नेपाल सितोरियो करातेका प्रशिक्षक राजनकुमार पाईजाले जानकारी दिनभुयो ।प्रतियोगिताको प्रथम हुने टिमले नगद ८० हजार, द्धितीयले ५० हजार र तृतीयले ३० हजार प्राप्त गर्नेछन् ।

आयोजक बडिगाड गाउँपालिकाका अनुसार प्रतियोगितामा सहभागि हुने टिमलाई १५ हजारका दरले सम्मान गरिने  छ ।प्रतियाेगिताकाे जनता टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।

प्रकाशित मिति October 18, 2019
Loading...