म्यानमारका राष्ट्रपति विन मिन्ट चप्पलमै देखिए !

काठमाडौं-: चारदिने राजकीय भ्रमणका लागि म्यानमार प्रस्थान गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वागत गर्न त्यहाँका राष्ट्रपति विन मिन्ट चप्पल र धोती जस्तो देखिने पहिरनमा प्रस्तुत भएका छन् ।

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र म्यानमारका राष्ट्रपति विन मिन्टसँगै देखिएको विभिन्न तस्वीरमा पनि राष्ट्रपति मिन्ट चप्पलमा देखिएका छन् ।कूटनीतिक हिसाबमा नेपालमा भने विदेशी पाहुनालाई स्वागत गर्दा होस् या विदाइ गर्दा, फर्मल पहिरन लगाइने चलन छ । अझ त्यसमा जुत्ता त अनिवार्य नै छ ।

हालै चिनियाँ राष्ट्रपति शी चिन फिङ नेपाल भ्रमणमा आउँदा तुनावाला जुत्ता अनिवार्य गरिएको थियो । उनको भ्रमणको रिपोर्टिङ गर्ने पत्रकारहरूलाई समेत ‘ड्रेस कोड’ लागू गरिएको थियो ।

हालै चिनियाँ राष्ट्रपति शी चिन फिङ नेपाल भ्रमणमा आउँदा तुनावाला जुत्ता अनिवार्य गरिएको थियो । उनको भ्रमणको रिपोर्टिङ गर्ने पत्रकारहरूलाई समेत ‘ड्रेस कोड’ लागू गरिएको थियो ।

 

प्रकाशित मिति October 18, 2019
Loading...