झलनाथ खनाल भन्छन – सरकारले काम गरेन, आकाशे खेती गर्‍यो !

काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले सरकारले जनअपेक्षाअनुसार कामलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्ने बताएका छन्।

पार्टीले बडादशैं, तिहार, नेपाल सम्वत्, छठलगायत पर्वका अवसरमा बुधवार आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा पूर्व प्रधानमन्त्री खनालले भने, ‘जुन लोकप्रिय र प्रभावकारी रूपमा कार्य गर्नुपर्ने हो, त्यो हुन सकेको छैन, आकाशे खेती जसरी काम गरेर गन्तव्यमा पुगिँदैन।

तीव्र गतिमा कार्य सम्पादन गरी ठोस ढङ्गले अगाडि बढ्नुपर्ने उनको भनाइ थियो। सभामुख पदको निर्वाचनबारे उपयुक्त समयमा उचित निर्णय लिइने उनको भनाइ थियो।सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीमा उनले सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठनबारे छलफल नभएको बताउँदै राष्ट्रिय आवश्यकताअनुसार यस विषयमा सरकार अगाडि बढ्ने र आसन्न उपनिर्वाचनमा पार्टीले कसरी सफलता प्राप्त गर्ने भन्नेबारे छलफल भएको बताए।

प्रकाशित मिति October 16, 2019
Loading...