अब चीनबाट पनि नेपालमा पेट्रोलियम पाइपलाइन ! तर कुलमान भन्छन किन चाहियो ?

काठमाडौं -:  भारतबाट पेट्रोलियम पदार्थ आयात गर्न अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न गरेको सरकारले चीनबाट पनि पेट्रोलियम ल्याउन पाइपलाइन बनाउने तयारी गरेको छ ।

भारतको नाकाबन्दीपछि विकल्पमा चीनबाट पेट्रोलियम ल्याउन सक्ने निर्णय गरेको सरकारले चीनको केरुङदेखि रसुवागढी हुँदै नुवाकोट तथा धादिङसम्म पाइपलाइन विस्तारको सम्भावना अध्ययन गर्न लागेको हो ।सरकारकै योजनाअनुसार नेपाल आयल निगमले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पाइपलाइन विस्तारका लागि सम्भाव्यता अध्ययनको कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।

चीनको केरुङसम्म रेलबाट पेट्रोलियम पदार्थ ढुवानी हुने सम्भावना बढ्दै गएकाले केरुङदेखि रसुवागढी हुँदै नुवाकोट तथा धादिङसम्म पाइपलाइन अध्ययन गर्ने निगमले जनाएको छ । –नागरिक दैनिकबाट

प्रकाशित मिति October 15, 2019
Loading...