देशभर कात्तिक २ र ३ गते भिटामिन ए र जुकाको औषधि खुवाइने !सेयर गरेर जानकारी गरौ !

काठमाडौं -:  आगामी कात्तिक २ र ३ गते देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम तय भएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त दुई दिन राष्ट्रिय भिटामिन ए कार्यक्रम गर्ने निर्णय गर्दै समन्वयका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार समेत गरेको छ ।

सरकारले राष्ट्रिय भिटामिन ए कार्यक्रमको पहिलो चरणमा ७५३ वटै स्थानीय तहमा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने भएको हो ।

सरकारले अघिल्ला वर्षमा जस्तै यसवर्ष पनि शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम लागु भएका जिल्लाहरुमा पाँच वर्षमुनिका बाल बालिकाहरुको पोषण अवस्था परीक्षण गरी ६ देखि २३ महिनाका बाल बालिकाहरुलाई बहुसूक्ष्म पोषक तत्त्व बालभिटा समेत वितरण गर्ने जनाएको छ ।

बालबालिकालाई भिटामिन ए, जुकाको औषधि र बालभिटा वितरणका लागि पालिका तथा पालिका मातहतमा रहेका निकाय खटिनेछन् ।परिवार कल्याण महाशाखाका अनुसार ६ महिनादेखि ५ बर्षसम्मका २७ लाख ६८ हजार ५४० जना बालबालिकालाई भिटामिन ए खुवाइँदै छ । यस्तै, १ वर्षदेखि ५ वर्ष उमेरका २३ लाख ५६ हजार ८४३ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने छ ।

प्रकाशित मिति October 14, 2019
Loading...