जेष्ठ १५ गते बुधबारको राशिफल!साथमा पाथिभरा माताको दर्सन गरौ र सेयर गरौ हजुरदिन राम्रो हुने छ !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । समय लागे पनि कामसम्पादन हुनेछन् । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । विवेकले काम लिने प्रयत्न गर्नुहोला । विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
नयाँ काम पाइनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । आलस्यले गर्दा अवसर गुम्न सक्छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । अरूको भरपर्दा काम रोकिन सक्छ । हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । आफ्नै कमजोरीले विवादमा परिनेछ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
स्वादिष्ट भोजनमा मन रमाउनेछ । अध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ । रोकिएका काम बिस्तारै बन्नेछन् ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषि चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ ।

प्रकाशित मिति May 28, 2019
Loading...