चिनियाँ राष्ट्रपति सीको सुरक्षामा खटिएकालाई डेढ करोड भत्ता !

काठमाडौं -:  चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीइ भ्रमण सुरक्षा र कार्यक्रम व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीले खाजा खर्चबापत दैनिक ३०० रुपैयाँ भत्ता पाउने भएका छन्।

विशेष सुरक्षा कार्ययोजनाअनुसार तैनाथ सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निजामती कर्मचारीका लागि विधि शीर्षकअन्तर्गत दैनिक ३०० रुपैयाँका दरले तीन दिनको खाजा खर्च दिन लागिएको समाचार कान्तिपुर दैनिकमा छ। सीको सुरक्षामा चारै सुरक्षा निकाय र कर्मचारी गरी करिब १६ हजार जनशक्ति तैनाथ गरिएको थियो। सरकारले १६ हजार जनशक्तिका लागि खाजा खर्च उपलब्ध गराए करिब डेढ करोड रुपैयाँ भुक्तानी दिनुपर्ने हुन्छ।

प्रकाशित मिति October 14, 2019
Loading...