जनताको खुसी देख्दा हर्षित भएको छु, अब सबै नाका खोल्छौँ : राष्ट्रपति सी

काठमाडौँ-:  नेपाल भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सी चिनफिङले सगरमाथा र हिमाली क्षेत्रको रक्षा गर्न चीन सदैव तयार रहेको बताउनुभएको छ । राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्या भण्डारीले होटल सोल्टीमा आयोजना गरेको विशेष रात्रिभोज समारोहलाई सम्बोधन गर्दै साझा गृहस्थल पृथ्वी र विशेष गरेर सगरमाथा र हिमाली क्षेत्रको रक्षा गर्न आफूहरु सदैव तयार रहने बताउनुभयो ।

उहाँले नेपाल र चीनबीच सदियौंदेखि घनिष्ठ सम्बन्ध रहेको पनि बताउनुभयो । ‘हामीबीचको आधा शताब्दीभन्दा बढीको सम्बन्धले विश्वमै नमूना पेश गरेको छ, हाम्रो सम्बन्धमा केही समस्या छैन, मित्रता मात्र छ।चिनियाँ राष्ट्रपति सीले भन्नुभयो । उहाँले दुई देशले अझ घनिष्ठ राजनीतिक सम्बन्ध राख्ने पनि उल्लेख गर्नुभयो ।

राष्ट्रपति सीले सीमापारीको रेल सम्भाव्यता अध्ययन सुरु गर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो,हामीले चीन(नेपाल सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन सुरु गर्नेछौं ।केरुङ्देखि काठमाडौंसम्मको सुरुङमार्गको परियोजनालाई सहयोग गर्ने र अरनिको राजमार्गको सञ्चालनलाई सुनिश्चित बनाई त्यसलाई विभिन्न चरणमा स्तरोन्नति गर्ने पनि प्रतिबद्धता गर्नुभयो ।

बढीभन्दा बढी नाकाहरू खोल्छौँ – बढीभन्दा बढी नाकाहरु खोल्ने र नेपालको भूपरिवेष्ठित देशबाट भूजडित देश बन्ने सपना साकार तुल्याउन मद्दत गर्ने पनि सीले बताउनुभयो ।बढीभन्दा बढी नाकाहरु खोली हिमालय वारपार बहुआयामिक कनेक्टिभिटी सञ्जालको निर्माण गर्नेछौं  र, नेपालको भूपरिवेष्ठित देशबाट भूजडित देश बन्ने सपना साकार तुल्याउन मद्दत गर्नेछौं उहाँले भन्नुभयो ।

राष्ट्रपति सीले कान्तिपुरी नगरीमा आफूले नयाँ र पुराना आफ्ना मित्रहरूलाई भेटेको र नेपालको राजनीतिक स्थायित्व, सामाजिक सदभाव र जनताको सुखी जीवन देख्दा आफू हर्षित भएको पनि बताउनुभयो । उहाँले भन्नुभयो,नेपालको राजनीतिक स्थायित्व, सामाजिक सदभाव र जनताको सुखी जीवन देख्दा म अत्यन्तै हर्षित भएको छु ।उहाँले दुई देशका जनताबीचको समझदारी बढ्ने पनि विश्वास लिनुभएको छ । उहाँले भन्नुभयो,मलाई आशा छ, दुई देशका जनताबीचको समझदारी अझ बढ्नेछ ।

प्रकाशित मिति October 13, 2019
Loading...