तीनकुनेमा तीन मिनेटमै पिच ( भिडियो)

काठमाडौं -:  नेपालको राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतको चेन्नईबाट उडिसकेका छन् । अबको केही घण्टामा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेछन् ।

काठमाडौंमा उत्रिन काउन्टडाउन सुरु भइसकेको छ । तर काठमाडौंका विभिन्न स्थानमा अझै सडक कालोपत्रे गरिदैंछ । काठमाडौंको तीनकुने र माइतीघर क्षेत्रमा कालोपत्रे गरिन लागेको हो । ती क्षेत्रमा यति छिटो कालोपत्रे गरियो कि तीन मिनेटमै पीच गरेर सकिएको थियो ।

सी को स्वागतका लागि सिँगारिनका साथै कतिपय ठाउँमा अझै सडक कालोपत्रे गर्ने क्रम जारी रहेको हो । शनिवार दिउँसो तीन बजे तिनकुनेमा तीन मिनेटमै पिच गरिएको थियो । तीनकुनेको गैह्रीगाउँमा सडकमा कालोपत्रे गरिएको हो ।

साभार – केन्द्र बिन्दु

 

प्रकाशित मिति October 12, 2019
Loading...