२३ वर्षपछि नेपाल आउँदै चिनियाँ राष्ट्रपति,स्वागत र सम्मानमा सबैले सक्दो शेयर गरौँ !

२३ वर्षपछि आज नेपाल आउनु हुने चिनियाँ राष्ट्रपतिको स्वागत र सम्मानमा सबैले सक्दो शेयर गरौँ ।

काठमाडौं -:  राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चीनका राष्ट्रपति सी चिनफिङ शनिबार नेपाल आउँदै छन् । भारतको औपचारिक भ्रमण सकेर चिनियाँ राष्ट्रपति सी नेपालको राजकीय भ्रमणका लागि शनिबार अपराह्न ४ः३० देखि ५ः३० बजेबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनेछन् । उनको स्वागतका लागि राष्ट्रपति भण्डारी विमानस्थल जाने कार्यक्रम छ । प्रधानमन्त्री केपी ओली पनि सीको स्वागतका लागि विमानस्थल जाने सम्भावना छ |

चिनियाँ राष्ट्रपति आउँदा ८७ विमानका उडान प्रभावित हुने (सूचीसहित

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय भ्रमणका लागि नेपाल आउने समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने भएको छ ।चिनियाँ राष्ट्रपति नेपाल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ६ घण्टा बन्द हुने भएको छ । उनी नेपाल आउँदा तीन घण्टा र फर्किँदा तीन घण्टा गरी ६ घण्टा विमानस्थल बन्द हुने भएको हो । सो समयमा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अरू सबै उडान ठप्प हुनेछन् ।

नागरिक उड्डयन प्राधिकरणले सूचना जारी गर्दै ८७ वटा विमानका उडान/अवतरण प्रभावित हुने जनाएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयको जारी सूचना अनुसार शनिबार दिउँसो २ः५५ बजे देखि ५ः२५ बजेसम्मका (३३ वटा) सबै अन्तर्राष्ट्रि उडान तथा अवतरण ठप्प हुनेछन् ।त्यसैगरी आइतबार चनियाँ राष्ट्रपति फर्किदा बिहान ११ः २० बजेदेखि दिउँसो १ः५० बजेसम्मका (५४ वटा) अन्तर्राष्ट्रिय उडान/अवतरण बन्द हुनेछन् ।

यो दुई दिनको अवधिमा ८७ वटा उडान तथा अवतरण बन्द हुने प्राधिकरणको सूचनामा उल्लेख छ । आन्तरिक उडानमा पनि केही अघि र पछि गरी व्यवस्थापन गरिएको प्राधिकरणले जनाएको छ ।प्रभावित उडानहरुको व्यवस्थापनका लागि उक्त उडानका दिनहरुमा विनमास्थल २४ सै घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाएको प्राधिकरणले जनाएको छ ।

 

 

प्रकाशित मिति October 12, 2019
Loading...