काभ्रे र सिन्धुपाल्चोक बस दुर्घट्नामा १७ जनाको मृत्यु, किन भयो येति ठुलो दुर्घट्ना?

काठमाडौं -: काभ्रेमा शुक्रवार साँझा भएको दुर्घट्नामा ३ जनाको मृत्यु भएको छ भने १५ जना घाईते भएका छन । प्रहरीका अनुसार महाभारत गाउँपालिका–२ थामबाट बनेपातर्फ आउँदै गरेको बा३ख ३५९५ नं को निशान गाडी रोशी गाउँपालिका–३ साँझाकोटमा दुर्घटना हुँदा महाभारत गाउँपालिकाका प्रकाश मोक्तान, वकिल बोम्जन तथा नाम र ठेगाना नखुलेको एक जनाको मृत्यु भएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाका अनुसार मोक्तान र बोम्जनको घटनास्थलमा मृत्यु भएको थियोअर्को एक जनाको उपचारका लागि ल्याउँदै गर्दा बाटोमा मुत्यु भएको हो ।त्यसैगरी सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० मा शुक्रबार बिहान बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको पछिल्लो अपडेट रहेको छ ।

भोटसिपाबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस दुर्घटना हुँदा घट्नास्थलमै सात जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य सात जनाको उपचारका लागि अस्पताल लाने क्रममा र धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु प्रहरीले बताएको छ ।स्थानीयका अनुसार ५० भन्दा बढि घाईते भएका छन । घाईतेहहरुको हेलिकप्टरबाट समेत उद्दार गरिएको छ । प्रहरीका अनुसार छतमा समेत यात्रु रहेकाले बसमा ठुलो संख्या यात्रु रहेको बुझिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार घाइतेमध्ये धुलिखेल सामुदायिक अस्पतालमा ६७ जना र शिर मेमोरियल अस्पताल बनेपामा १६ जना गरी ८३ जनाको उपचार भइरहेको छ । दुर्घट्नमा मुत्यु भएका जुनादेवी लम्साल, गणेश तामाङ, सुमित पुर्कोटी, सुवास अधिकारी र मीना मगरको शव धुलिखेल अस्पतालमा रहेको छ ।मृतकहरुको पुरा विवरण आउन बाँकी रहेका प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपास्थित बडहरे चोकमा यात्रुबाहक बस दुर्घटनामा परी घाइते भएकाको काभ्रेपलाञ्चोकको धुलिखेल र बनेपामा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार घाइतेमध्ये धुलिखेल सामुदायिक अस्पतालमा ६७ जना र शिर मेमोरियल अस्पताल बनेपामा १६ जना गरी ८३ जनाको उपचार भइरहेको छ । धुलिखेल अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि एक बालकलाई काठमाडौँस्थित काठमाडौँ मेडिकल कलेजमा ‘रिफर’ गरिएको गिरीले बताउनुभयो । उहाँका अनुसार उपचारका लागि ल्याउने क्रममा मुत्यु भएका जुनादेवी लम्साल, गणेश तामाङ, सुमित पुर्कोटी, सुवास अधिकारी र मीना मगरको शव धुलिखेल अस्पतालमा रहेको छ ।

बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको घाइते सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–९ सिपाटारका सूर्यबहादुर तामाङका अनुसार गाडीमा अधिक यात्रु रहेको र अगाडिको पाङ्ग्रामा हावा कम भएको भन्ने कुरा गरेको कारण गाडी रोकिसकेको अवस्थामा चिप्लेर पल्टेको हो । “विस्तारै रोकेर अगाडिको शीतलमा गएर काम गर्ने भनेर कुरा गरिरहेकै बेला गाडी चिप्लेर पल्टिहाल्यो”, तामाङले भन्नुभयो, “घाइतेमध्ये कोही दशैँमा घर आएर शहर फर्कने, कोही आफन्तकोमा आएर फर्कने रहेका छन् ।

प्रकाशित मिति October 11, 2019
Loading...