सिन्धुपाल्चोकमा बस दुर्घटना : कम्तिमा ७ जनाको मृ*त्यु, ६० जना घाइते !

सिन्धुपाल्चोक-: सिन्धुपाल्चोकमा यात्रुबाहक बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० र ११ को सीमा क्षेत्र शिवटारबाट काठमाडौं जाँदै गरेको बा २ ख ३९०२ नम्बरको बस इन्द्रावती गाउँपालिकाअन्तर्गतको भीमटार नजिक दुर्घटनामा परेको हो ।

दुर्घटनामा कम्तिमा ७ जना यात्रुको मृत्यु भएको खबर प्राप्त भएको प्रहरी चौकी भीमटारका इन्चार्ज प्रहरी सहायक निरीक्षक परशुराम साहले खबरहबलाई जानकारी दिए ।दुर्घटनामा ६० जना घाइते भएका छन् । बसमा ८० भन्दा बढी यात्रु सवार रहेको उनले जानकारी दिए ।

सिन्धुपाल्चोकमा यात्रुबाहक बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० र ११ को सीमा क्षेत्र शिवटारबाट काठमाडौं जाँदै गरेको बा २ ख ३९०२ नम्बरको बस इन्द्रावती गाउँपालिकाअन्तर्गतको भीमटार नजिक दुर्घटनामा परेको हो ।

 

प्रकाशित मिति October 11, 2019
Loading...