शान्ति श्री परिवार को बोलमाया र गलबन्दी पछि  देश प्रदेश रूहाउने दशैं तिहार गित बजारमा

युएई , असोज -: चर्चित गायिका शान्ति श्री परिवार र नब गायक रमेश उदाश को स्वरमा परदेशि को कथा ब्याथा समेटिएको दशै तिहार गीत “रुन्छ मन” को म्यूजिक भिडियो सार्वजनिक भएको छ । परदेशमा अबसर धेरै म्युजिक भिडियो गर्ने निर्देसक को सुचिमा सुर्य कुमार बोहरा पर्नु हुन्छ भने धेरै भिडियो खेल्ने मोडलमा केशब ढकाल उहाहरु परदेशमा नै बसेर नेपली गीतसंगीतलाइ प्रबर्धन र संरक्षण गर्दै आउनु भएको छ ।
उक्त गीतमा रमेश उदाश को शब्द संगीतले सजिएको छ भने संगीत संयोजन चर्चित क्यामरा मेन तथा निर्देशक कमल निर्जनको रहेको छ ।यस भिडियोमा परदेशमा पछिल्लो समयकी चर्चित मोडल सानु गैरे र आर्का चर्चित मोडल तथा सामाजिक अभियन्ता समेत भनेर चिनिएका केशब ढकालको धमाकेदार अभिनय रहेको छ र उहा हरु लाइ साथ कलाकार अनु सुबेदि , बिशाल, नारायण बहादुर बोहोरा, लक्ष्मी सुबेदी, गणेश गैरे र सुषमा लाई पनी राम्रो अभिनय गरेर दिनु भएको छ ।

परदेशा मा हुने दुख कष्ट र प्रदेश आउनु को बाध्यता लाई एथार्थ चित्रण गर्दै लोक आधुनिक शैलीको दशै तिहार गित रुन्छ मन मा सानु र केशबको अभिनयको चर्चा सुरु भएको छ । जसमा शब्द संगीतमा देखिएको शान्ति श्री परिवार र रमेश उदाशको स्वरको सरलताको पनि चर्चा भएको छ । बोलमाया र गलबन्दी जस्तो सुपरहिट गित मा सोर भरेकि चर्तित गायिका सान्ति श्री परिवार को यस गित बाट पनि उस्तै अपेक्षा समेत रहेको छ ।
सुर्य कुमार बोहोराको निर्देशन तथा छायाङ्कन मा तयार भएको भिडियो भने सम्पादन दिनेश मुसकानले गरेका हुन् । बोहोरा इन्टरटेनमेन्ट एण्ड फिल्म बाट सार्वजनिक गरिएको भिडियोको निर्माता पनि गीतकार तथा संगीतकार उदाश नै हुन् ।

हर्नुहोस् भिडियोमा

प्रकाशित मिति October 7, 2019
Loading...