यी आमा जसले, आफ्नै २२ महिने छोराको एकाबिहानै खुकुरीले घाँटी छिनाएर गरिन् हत्या

भोजपुर, १४ जेठ : २२ महिने आफ्नै छोराको हत्या गर्ने एक महिला पक्राउ परेकी छन् ।

२२ महिनाको छोरा सम्बोधनको हत्या गरेको आरोपमा भोजपुर सदरमुकामस्थित पानी ट्याङ्कीमा बसोबास गर्दै आएकी २५ वर्षीया सम्झना थापा पक्राउ परेकी हुन् ।

उनले आजै बिहान ७ बजेतिर घरको छतमा लगेर खुकुरीले घाँटी छिनाएर हत्या गरेकी हुन् ।

रामप्रसाद राई गाउँपालिका वासिखोरा घर भएकी सम्झनाको परिवार पानीट्याङ्की टोलमा भेनाजुको घरमा बस्दै आएको थियो ।

लघुवित्त कम्पनीमा काम गर्ने बालकका बाबु सूर्यबहादुर थापा भने कार्यालयको कामले सदरमुकाम वाहिर गएको पाइएको भोजपुरका प्रहरी प्रमुख डिएसपी केशवकुमार थेवेले बताए ।

प्रकाशित मिति May 28, 2019
Loading...