ब्लड क्यान्सर पीडित यी बालकलाई बचाउन सहयोगी मनहरु सम्म पुर्याउनको लागि एक सेयर गरिदिनु होला

काभ्रेपलान्चोक जिल्ला महाभारत गाउँपालिका वडा नम्बर १ छोटेसाहन स्थाइ घर भाई हाल ललितपुर जिल्ला इमाडोल कृष्ण मन्दिर स्थित बस्दै आएका १५ बर्षिय नावाङ मोक्तानको परिवार अहिले ठूलो पीडामा छन् ।नावाङलाई ब्लड क्यान्सर भएको खबरपछि आफूहरुको जीवनको सबै सपना समाप्त भएको ठानिरहेका छन्, उनीहरु ।

नावाङ टुहुरा हुन् । उनको आमाको केही वर्षअघि गाडि दुर्घट्नामा परेर मृत्यु भयो । आमाबिनाको जीवन जिइरहेका उनी आफै यतिबेला मृत्युको मुखमा पुगेका छन् ।यदि समयमै उपचार गर्न नसकेको खण्डमा उनको मृत्यु निश्चित छ । ढाड दुख्ने अनि जोर्नी र नसामा ज्वरो आएको समस्या लिएर पाटन हस्पिटल पुगेका नावाङका लागि जीवनको सबैभन्दा अप्रिय रिपोर्ट आयो ।

रिपोर्ट हातमा लिएर बसेका डाक्टरले जब उनका बुवासँग भने, तपाईको छोरालाई ब्लड क्यान्सर भएको छ ।’ डाक्टरको यति कुरा सुनेपछि उनलाई जिउँदै मरेको अनुभव भएको सुनाउँछन् उनी ।

ड्राइभिङ गर्दै आएका नावाङका बुवा ज्ञान बहादुर मोक्तान विगत ७ महिनादेखि हस्पिटल धाइरहेका छन् ।
हस्पिटल धाउँदा–धाउँदै २ लाख भन्दा बढी खर्च भइसकेको छ, उनको । कक्षा १० मा पढ्दै गरेका उनका जीवनका बाँकी सपनाहरु के होलान् रु नावाङलाई हामी बचाउन सक्छौँ रु यस्ता धेरै प्रश्न छन् ।हो, कसलाई पर्दैन र दुख । खाली समयको खेल न हो, कसैलाई छिटो त कसैलाई ढिलो । आखिर दुख सबैलाई पर्छ । त्यसैले आउनुस्, यी बालकलाई नयाँ जीवन दिलाउन तपाई हामी सबैले सकेको सहयोग गरौँ ।

हामी उनको अवस्था बुझ्न् उनको निवासमा पुग्यौ । निकै चिन्तामा परेका मोक्तानलाई सबैले सहयोग गरौ । दिन प्रतिदिन बढ्दै गएको पिडा खपी नसक्नु छ । थप बुझ्न् चाहनुहुन्छ र फोन गर्न चाहनुहुन्छ भने उनको बुवा ज्ञान बहादुर मोक्तानको संपर्क नम्बर ९८६१६१ १० ९६ यो नम्बरमा कल गरेर बुझ्न सक्नुहुनेछ । उनको दर्दनाक अवस्थालाई सबैले बुझेर सकेको सहयोग गरौ ।

प्रकाशित मिति October 5, 2019
Loading...