सुत्केरी हुन नसके हामीलाई खबर गर्नुस्, निःशुल्क हेलिकोप्टर पठाउँछौ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सुत्केरी बेथा लागेर पोखरा वा काठमाडौं लानुपरे प्रदेश सरकारलाई खबर गर्न आग्रह गरेका छन् ।प्रदेश सरकारले हेलिकोप्टर उपलब्ध गराउने र पोखरा वा काठमाडौं कहा लानुपर्ने हो लगेर उपचार गर्ने उनले बताए ।
केही दिनअघि भुजुङ पर्यटन महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले भने, ‘सुत्केरी बेथा लागेर पोखरा वा काठमाडौ पुर्याउनुपर्यो भने हामीलाई खबर गर्नुहोला । हामी हेलिकप्टर पठाउँछौ । सुत्केरीलाई पोखरा वा काठमाडौं लगेर उपचार गराउने जिम्मा हाम्रो छ ।

गाउँमा सुत्केरी हुन नसकेर महिलाहरुको अकालमा मृत्यु हुने गरेकोले प्रदे सरकारले सुत्केरीका लागि हेलिकोप्टर पठाउने निर्णय गरेको उनले बताए ।सो क्रममा उनले केन्द्रमा पनि र प्रदेशमा पनि जनताको हित गर्ने सरकार रहेको दाबी गरे ।

केन्द्रमा नेकपाकै अध्यक्ष प्रधानमन्त्री केपी ओली भएको र प्रदेशमा पनि ओली नेतृत्वको पार्टीको सरकार (आपूm) भएकोले जनताको काम गर्नका लागि योजना बनाउने र कार्यान्वयन गर्ने कार्य सजिलो रहेको उनले बताए ।

उनले प्रदेश सरकारले भुजुङ गाउँलाई अर्गानिक कृषि केन्द्रको रुपमा विकास गर्ने बताए । उनले मोटर बाटो, कृषि र पर्यटन जस्ता क्षेत्रमा प्रदेश सरकारले प्राथमिकताका साथ काम गरिरहेको सुनाए ।

उनले गण्डकी प्रदेशभरि कूल ५ लाख तीन हजार घरधुरी रहेको र प्रत्येक घरमा धाराको व्यवस्था गरिने पनि बताए ।

प्रकाशित मिति October 5, 2019
Loading...