असोज १७ गते शुक्रबारको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने सम्भावना छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
सवारी साधन हाँक्दा अपनाएको सचेतका कारण चोट पटकबाट जोगिनु हुनेछ । बौद्धिक क्षेत्रको काममा लामो यात्राको सम्भावना छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानि पुर्याउन सक्ने छैनन् ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
बन्द व्यापारबाट फाइदा हुनेछ, आर्थिक पक्ष सबल नै छ, यद्यपि समय बलियो छैन । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु होला ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
परिवारमा पाहुनाको चाप बढ्न सक्छ र तिनको आवागमनमा महत्वपूर्ण समयको नाश हुने सम्भावना छ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । पढाइमा सुधार आउला ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यात्रामा सोचेजस्तो रमाइलो नहुन सक्छ । खानपानमा नियन्त्रण गर्नुहोला । आर्थिक पक्ष सबल छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
मनोरञ्जन पूर्ण समय रहेको छ । कामधन्दा र व्यवसायको चापले गर्दा प्रेमिकासंग र दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
नचिताएको स्थानबाट धनागमनको संकेत छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । परिणाममुखी काममा लगानीको समय छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् । आम्दानी बढ्नेछ ।

प्रकाशित मिति October 3, 2019
Loading...