हिमालयन रिजर्भ हिस्की महरा ब्रान्ड भए पछि डिलरमा स्टक नै सक्कियो !

काठमाण्डौँ -:  एकाएका चर्चामा आएको हिमालयन रिजर्भ हिस्की अत्यधिक बिक्रि भएर स्टक नै सकिएको छ । सोमबार बिहानदेखि चर्चामा आएको हिमालयन रिजर्भ हिस्की एकैदिन अधिराज्यभरको डिरलबाट सकिएको हो ।सभामुख कृष्णबहादुर महरालाई ब*लात्कार आरोप लगाउने रोशनी शाहीको कोठामा भेटिएको भन्दै अनलाईनहरुले फोटो सार्वजनिक गरेपछि उक्त रक्सी अत्यधिक विक्री भएको हो ।

शारदा समुहको प्रिमियर अर्गानिक प्रालिले उत्पादन गरेको हिमालयन रिजर्भ पूर्णतया नेपालको उत्पादन भने होइन । यसको बोटलिङमात्र प्रिमियर अर्गानिकले गर्ने हो । बाँकी सबै विदेशबाटै आयात हुन्छ।

प्रिमियर अर्गानिक प्रालिले माग धेरै भएकाले धान्न गाह्रो परेको जनाएको छ । यद्यपि, माग धेरै भयो भन्दैमा धेरै उत्पादन गर्ने पक्षमा कम्पनी छैन् । उसले उत्पादनलाई नियन्त्रण गरेको जनाएको छ । नेपाली बजारमा यसको मूल्य ३ हजार प्रति लिटर छ ।

 

 

प्रकाशित मिति October 3, 2019
Loading...