वीर अस्पतालका निर्देशकको मासिक खाजा खर्च पाँच लाख !

काठमाडौं, असोज १६ – वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले एक महिनामा पाँच लाख रुपैयाँको खाजा खाएको बील पेश गरेका छन् ।यतिसम्मकी सार्वजनिक विदाका दिन पनि नास्ता खाएको बील पेश गरिएको छ । नागरिकमा खबर छ । २०७६ असारमा अस्पताल प्रशासनले बनाएको बीलमा वीरका निर्देशक सेञ्चुरीले चार लाख ६९ हजार रुपैयाँ खाजामा खर्च गरेको देखिन्छ ।

बील उनले आफै बनाएका छन् । बीलअनुसार माइतीघरको अन्नपूर्ण क्याफेलबाट दुई लाख ९० हजार र जी एण्ड बी क्याफेबाट एक लाख ८५ हजार रुपैयाँ बराबरको खाजा लिएको देखिन्छ ।

प्रकाशित मिति October 3, 2019
Loading...