पिपल पाॅते ओठ चाॅडै बजारमा आउॅदै ! फोटो फिचर सहित

द एबी प्रिजेन्ट नेपाल – केहि वर्ष वैदेशिक रोजगार पछि आफ्नै जन्मभूमी नेपाल फर्केका गीतकार अन्जन किराॅतीले हाल सम्म दर्जनौं गीत लेखी सक्नु भएको छ भने आफ्नै देशमा अझै गीत संगीतमा केहि गर्ने हेतुले हाल नेपाली म्युजिक भिडियोको निर्देशनमा नि हात हाल्नु भएको छ । उनको दोश्रो म्युजिक भिडियो निर्देशनको क्रममा निकै राम्रो डान्सिङ्ग गीत “पिपल पाते”को आज शूटिंग सम्पन्न भएको छ ।

परदेशमा बसेर दर्जनौं म्युजिक भिडियो निर्देशन र मोड्लिङ गरी सक्नु भएका केशब कटुवालले यो गीतको शब्द कोर्नु भएको छ भने अहिलेका चर्चित गायक मुकेश कटुवालको स्वरमा सजिएको छ र यस गीतको संगीत र संगीत संयोजन वोइस ओफ नेपाल सिजन २का चर्चित गायक बिनय कार्की {केटु}ले गर्नु भएको छ ।

त्यसै गरी उक्त गीतको म्युजिक भिडियोको छाॅयांकन/सम्पादन सुमन मगरले सम्हाल्नु भएको छ।गीतको करियोग्राफी (बेल्टार जुम्बा फिटनेस एण्ड डान्स सेन्टरका सुमन राईले गर्नु भएको छ र कलाकारहरुमा रोमिका राई,प्रेमजंग किराॅती,रमेश राईको राम्रो डान्सका साथै अभिनय हेर्न पाइने छ भने कलाकारहरुलाई राम्रो बनाउने कामको रुपमा मेकअप आर्टिस्ट निरा राईले गर्नु भएको छ ।उदयपुर बेल्टारका मनोरम दृश्यहरुमा छाॅयांकन गरिएको यस भिडियो चाॅडै बजारमा आउने यसै गीतका निर्देशक अन्जन किराॅतीले हामीलाई जानकारी गराउदै दशैंको सम्पूर्ण नेपाली लाइ हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्नु भएको छ ।

 

प्रकाशित मिति October 2, 2019
Loading...